Like us!
Follow us!
Connect us!
Watch us!

त्रिविका स्थगित परीक्षाफल असारभित्रै, परीक्षा मापदण्डबारे सीसीएमसी सँग छलफल गर्ने

पत्रपत्रिका

बुधबार, २३ असार २०७८, ०८ : ४२ मा प्रकाशित

त्रिविका स्थगित परीक्षाफल असारभित्रै, परीक्षा मापदण्डबारे सीसीएमसी सँग छलफल गर्ने

त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण रोकिएका स्नातक तहका विभिन्न तहका परीक्षाफल यसै महिनाभित्र प्रकाशित गर्ने भएको छ । विद्यार्थीलाई स्नातकोत्तर तहमा नयाँ भर्नाका लागि समय  मिल्ने गरी असारभित्र परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भइरहेको जानकारी विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले दिएको छ । स्नातकोत्तर तहमा भर्ना चाँडै सुरु गरिने जनाइएको छ । 

परीक्षा नियन्त्रक पुष्पराज जोशीले कार्यालयका कर्मचारीमा कोरोनाको प्रभावका कारण परीक्षाफल प्रकाशनमा समस्या देखिएको बताउँदै परीक्षाफल असारभित्र प्रकाशित गरिने बताए । स्नातक तह तेस्रो र चौथो  वर्षको परीक्षाफल प्रकाशित हुन सकेको छैन ।

परीक्षा नियन्त्रण कार्यालयले आगामी साउन महिनामा सञ्चालन गर्ने स्नातक तहको परीक्षाको मापदण्डबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँग छलफल गरेर मात्र  परीक्षाको कार्यक्रम अगाडि बढाउने भएको छ । 

परीक्षा नियन्त्रक जोशीले पछिल्लो समय बन्दाबन्दी खुलेपछि कोरोनाको सङ्क्रमणमा वृद्धि भएको र भौतिक उपस्थितिका आधारमा  परीक्षा सञ्चालन गर्दा बीचमै समस्या पर्न सक्ने खतरा देखिएकोले सीसीएमसीसँग छलफल गरेर परीक्षा सञ्चालन गर्नुपर्ने अवस्था देखिएको बताए । विश्वविद्यालयले साउनमा स्नातक तहको परीक्षा सञ्चालन ्गर्ने कार्यतालिका बनाएको छ । भदौ महिनामा पनि परीक्षा  सञ्चालन गर्ने योजना छ । 

उनले परीक्षामा देशभरका दुई लाख ५० हजारभन्दा बढी विद्यार्थी भौतिक रूपमा उपस्थित हुने र यसले  सङ्क्रमण बढाउन सक्ने भएकोले पनि सरकारसँगको सरसल्लाहमा मात्र आफूहरू अघि बढ्ने  बताए । सो केन्द्रसँग बुधबार विश्वविद्यालयको परीक्षा सञ्चालन र मापदण्डबारे छलफल गर्ने कार्यक्रम छ ।  

गोरखापत्र दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको