Like us!
Follow us!
Connect us!
Watch us!

अस्ताए बलिउड अभिनेता दिलीपकुमार

अर्थ संसार

बुधबार, २३ असार २०७८, १० : ४४ मा प्रकाशित

अस्ताए बलिउड अभिनेता दिलीपकुमार

बलिउड अभिनेता दिलीपकुमारको निधन भएको छ। उनको बुधबार बिहान मुम्बईको हिन्दुजा अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ । विभिन्न रोगले ग्रसीत उनको ९८ वर्षको उमेरमा निधन भएको हो।

फिल्म जगतमा ६ दशक बिताएका उनले  ‘ट्रयाजेडी किङ’को  उपनाम पाएका थिए । यो अवधिमा उनले ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। उनको वास्तविक नाम युसुफ खान हो।

अभिनयमा निकै सशक्त मानिने दिलीपकुमारले पद्म विभुषण, पद्म भुषण र दादासाहेव फाल्के अवार्ड पाएका थिए। भारतमा मात्र नभई पाकिस्तानको सबैभन्दा उच्च नागरिक सम्मान ‘निशान ए इम्तियाज ’ बाट पनि  सम्मानित भएका थिए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको