Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा जनरलको एजीएम सम्पन्न,पब्लिकबाट प्रकाश मान श्रेष्ठ र प्रपुजा पोखरेल सञ्चालक निर्वाचित

अर्थ संसार

बुधबार, २३ असार २०७८, ११ : ५५ मा प्रकाशित

सानिमा जनरलको एजीएम सम्पन्न,पब्लिकबाट प्रकाश मान श्रेष्ठ र प्रपुजा पोखरेल सञ्चालक निर्वाचित

सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे तेश्राे वार्षिक साधारण सभा आज (असार २३ गते, बुधबार) कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा कम्पनीकाे केन्द्रिय कार्यालय, कमलादी, काठमाडाैँमा भर्चुअल माध्यमबाट सम्पन्न भएकाे छ ।

सभामा समुह 'ख' अन्तर्गत सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गरिएकाे छ । सर्वसाधरणबाट सञ्चालकमा प्रकाश मान श्रेष्ठ र प्रपुजा पोखरेललाई निर्वाचित गरिएकाे हाे ।

यसका साथै, सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिएकाे छ । सभामा आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिएकाे छ ।

त्यसैगरी आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि कम्पनीको वार्षिक लेखा परिक्षकमा सुजन काफ्ले एण्ड एसोसियट्स, चाटर्ड एकाउण्टेण्टलाई नियुक्त गर्ने संचालक समितिको प्रस्ताव सभाले सर्वसम्मत रुपमा पारित गरेको छ ।

सभामा कम्पनीका अध्यक्षले कम्पनीको प्रधान कार्यालयसहित २० वटा शाखा कार्यालयहरु सञ्चालन रहेकोमा आगामी आर्थिक वर्षमा थप शाखा कार्यालयहरु सञ्चालन गरी कम्पनीको व्यवसायिक दायरा फराकिलो पार्दै लगिने जानकारी गराएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको