Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुरमा असार २५ गतेबाट भेरोसेलको दोस्रो मात्रा खोप लगाइँदै

अर्थ संसार

बुधबार, २३ असार २०७८, १४ : ०८ मा प्रकाशित

ललितपुरमा असार २५ गतेबाट भेरोसेलको दोस्रो मात्रा खोप लगाइँदै

ललितपुरमा असार २५ गतेबाट भेरोसेलको दोस्रो मात्रा खोप लगाइने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले एक सूचना प्रकाशन गर्दै असार २५ गतेबाट भेरोसेलको दोस्रो मात्रा खोप लगाइने जानकारी दिएको छ ।

जेठ २५ गतेदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरूलाई असार २५ र २६ गते खोपको दोस्रो मात्रा लगाइने सूचनामा उल्लेख गरिएको छ । 

खोप लगाउने व्यक्तिहरूले असार २५ र २६ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म पहिलो डोज खोप लगाएको कार्ड र फोटोसहितको परिचयपत्र लिएर आफूलाई पायक पर्ने खोप केन्द्रमा जानुपर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको