Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार थपिए २९७९ जना कोरोना संक्रमित, २८ जनाको निधन

अर्थ संसार

बुधबार, २३ असार २०७८, १६ : ५० मा प्रकाशित

बुधबार थपिए २९७९ जना कोरोना संक्रमित, २८ जनाको निधन

आज बुधबार देशभर २ हजार ९७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ७ हजार ८३५ पीसीआर परीक्षण गरेको २ हजार ७७ जनामा र ४ हजार ६३ जनाको एन्टीजेन परीक्षण गर्दा ९०२ जनामा संक्रमण पुष्टि भएको हो । 

त्यस्तै आज १,३३३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २८ जनाको निधन भएको छ । हालसम्म नेपालमा ६ लाख ९० हजार ९७४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

यससँगै ६ लाख १४ हजार ३२७ जनामा संक्रमणमुक्त भएका छन् भने ९ हजार २९१ जनाको संक्रमण बाट मृत्यु भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको