Like us!
Follow us!
Connect us!
Watch us!

बजार प्रवेश गर्न चाहानेहरुका लागि सुनौलो समय आएको छ, सेयर किन्ने नै रातो बजारमा हो

अर्थ संसार टक

बुधबार, २३ असार २०७८, २० : ४५ मा प्रकाशित

अहिले बजार घटेको अवस्था सेयर खरिदका लागि भने सुनौलो मौका रहेको सेयर विश्लेषक तथा प्रशिक्षक सन्दिप कुमार चौधरीले बताएका छन् ।

अर्थसंसारको साप्ताहिक कार्यक्रम अर्थसंसार डटकमको कुराकानीमा उनले बढेको बेलामा भन्दा पनि सधैँभरी बजार घटेको बेलामा सेयर किन्नुपर्ने बताएका हुन् । ​एउटा पक्ष मात्र हेरेर कहिल्यै लगानी गर्न नहुने उनको भनाइ छ । विभिन्न पक्षबाट जाँच गरेर मात्र सेयर किन्दा उक्त लगानी बढी सुरक्षित हुने तर्क उनको छ ।  

राम्रो कम्पनीमा लगानी गरेर होल्ड गर्न सकेमा राम्रो मुनाफा कमाउन सकिने भन्दै उनले बजार घट्यो भन्दैमा प्यानिक सेल गर्ने लगानीकर्ताहरू घाटामा जाने बताउँछन् । बजार उच्च विन्दुमा हुँदा पनि सेयर किन्न नहुने उनको सुझाव छ ।

उनले सेयर बजारमा हकप्रद सेयर र बोनस सेयर वितरण गरिनु ट्रेडरहरुका लागि राम्रो भएपनि दिर्घकालिन लगानीकर्ताहरूका लागि त्यति फलदायि नहुने बताउछन् उनि  । बोनस सेयर र हकप्रद सेयर वितरण गर्ने कम्पनी राम्रा हैनन् । उनी भन्छन्," हकप्रद र बोनस वितरण गर्नु भनेको सेयरधनी थप्नु हो । कम्पनीले सेयरधनी थप्दा आउटस्ट्यान्डिङ (Outstanding) सेयर पनि बढ्छ । यसो हुँदा इपीएस बढ्न सक्दैन ।" सबैभन्दा मुख्य कुरा लगानीकर्ताहरूको मनोविज्ञान रहेको बताउँछन् उनी । 

कुराकानी कै क्रममा उनले छोटो समयका लागि सेयरमा लगानी गर्ने हो भने प्राविधिक पक्ष हेर्नुपर्ने, ठिक्क मध्यम समयको लागि सेयरमा लगानी गर्ने हो भने प्राविधिक र आधारभूत दुवै पक्ष हेर्नुपर्ने र लामो समयका लागि लगानी गर्ने हो भने आधारभूत पक्ष मात्र हेर्दा हुने बताएका छन् । उनी भन्छन्, "छोटो अवधिको लागी लगानी गर्ने व्यापारी हुन् भने मध्यम र लामो समयका लागी लगानी गर्ने लगानकर्ता हुन्।" त्यसैले, लगानीकर्ताले लगानी गर्नु अगाडि आफ्नो रणनीति राम्ररी पहिचान गर्नुपर्ने उनी बताउँछन् ।

बजारमा भर्खरै प्रवेश गरेका लगानीकर्ताहरुलाई प्राविधिक विश्लेषण गर्न कति सजिलाे छ ? कस्ता लगानीकर्ताले कसरी लगानी गर्ने ? कम्पनीको प्राविधिक पक्ष कसरी अध्ययन गर्ने ? कतिपयले प्राविधिक विश्लेषकहरूलाई धर्के भन्ने गर्दछन्  यो के कति सत्य हो ? प्राविधिक विश्लेषण कति विश्वसनीय ? प्राविधिक अध्ययन गर्नु ज्योतिषले भविष्यवाणी गरेको जस्तो हो ? 

बजारमा कहिले प्रवेश गर्ने ? बजार प्रवेश गर्दा के कुरामा ध्यान दिने ? सेयर बजार घटेको बेला कसरी थाहा पाउने ? कस्तो समयमा सेयर किन्ने ? कस्तो समयमा सेयर बेच्ने ? पहिला रेकर्डहरू ब्रेक गरी पछिल्लो समय दिनहुँ घटिरहेको बजारलाई प्राविधिक रूपले कसरी विश्लेषण गर्ने ? 

यी र यस्तै प्रश्नहरुमा उनीसँग गरिएको कुराकानी तल प्रस्तुत गरिएको छ :


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको