Like us!
Follow us!
Connect us!
Watch us!

थप १८३१ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाले गुमाए ज्यान

अर्थ संसार

आइतबार, २७ असार २०७८, १६ : ३० मा प्रकाशित

थप १८३१ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाले गुमाए ज्यान

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ८ सय ३१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । परिक्षण घट्दा संक्रमितको संख्या पनि घटेकाे हाे ।

५ हजार ५ सय ३५ जनाको आरटी पिसिआर र ३ हजार ६ सय ८३ जनाको एन्टीजेन विधिबाट गरी कुल ९ हजार २ सय १८ जनाको परीक्षण गर्दा पिसिआर विधिबाट १ हजार २ सय ३७ जनामा र एन्टीजेन विधिबाट ५ सय ९४ जनामा गरी कुल एक हजार ८ सय ३१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको हाे ।

थपिएका संक्रमितमध्ये काठमाडौंका २ सय ६३ जना, भक्तपुरका ३१ जना र ललितपुरका ९७ जना रहेका छन् ।

त्यसैगरी, बितेको २४ घण्टामा २० जना संक्रमितको मृत्यू भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ५ सय ३३ जना निकाे भएर घर फर्किएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको