Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २७ लाख ३ हजार कित्ता बोनस सूचिकृत

नेप्से

सोमबार, २८ असार २०७८, १६ : २३ मा प्रकाशित

नेप्सेमा २७ लाख ३ हजार कित्ता बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार महालक्ष्मी विकास बैंक लिमिटेडकाे ८.८० प्रतिशत बाेनस बापतकाे २७ लाख ३ हजार ४ सय १३ दशमलव ९६ कित्ता सेयर सूचिकृत भएको हाे । 

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका शेयरधनीहरुलाई  ८.८० प्रतिशतले हुन आउने बोनस सेयर र बाँकी ०.४६ प्रतिशतले हुन आउने नगद (कर प्रयोजनार्थ) गरी कुल ९.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

उक्त लाभांश चैत्र १३ गते, शुक्रबार बैंकको रजिष्टर्ड कार्यालय, दरबारमार्ग काठमाडौंमा सम्पन्न भएकाे बैंककाे १९औं वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि चैत्र ३ गतेदेखि बुकक्लाेज गरेकाे थियाे । त्यसैले, चैत्र २ गते, साेमबारसम्म नेप्सेमा काराेबार भइ कायम रहेका शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । 

60ec1d83f0c9a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको