Like us!
Follow us!
Connect us!
Watch us!

भेरोसेल खोप आजबाट लगाइँदै, को-को छन् प्राथमिकतामा ?

पत्रपत्रिका

मंगलबार, २९ असार २०७८, ०७ : १० मा प्रकाशित

भेरोसेल खोप आजबाट लगाइँदै, को-को छन् प्राथमिकतामा ?

कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा खोप आज मङ्गलबारबाट लगाउन सुरु गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै पहिलो चरणमा ५५ वर्षमाथिका सबै  व्यक्तिलाई भेरोसेल खोप दिने निर्णय गरेको छ ।  

स्वास्थ्य सेवा विभाग, खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले भेरोसेल खोप बागमती, लुम्बिनी र गण्डकी  प्रदेशमा लगाइने जानकारी पनि दिएकाछन् । उनले पहिलो चरणमा विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालकलाई पनि यसैपटक भेरोसेल खोप दिने बताए । उनले मन्त्रालयले तोकेको अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्ति, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई पनि खोप दिने निर्णय गरेको जानकारी दिए । 

डा. गौतमले कोभ्याक्स सुविधाअन्तर्गत आएको जोन्सन एन्ड जोन्सनको जानसेन खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिका लागि लगाउने निर्णय भएको  बताए । उनले सो खोप अर्को हप्ताबाट मात्र सुरु गरिने जानकारी  दिए । जोन्सन एन्ड जोन्सनको खोप पूर्ण र अति  अशक्त  अपाङ्गता भएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी तथा  सरसफाइकर्मीलाई लगाइने छ । जोन्सन एन्ड जोन्सनको खोप एक मात्रा लगाए पुुग्छ ।

गोरखापत्र दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको