Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल माइक्रोफाइनान्सको २१ प्रतिशत बोनश हितग्राही खातामा जम्मा, तपाईंकोमा आयो ?

अर्थ संसार

मंगलबार, २९ असार २०७८, ०७ : ५५ मा प्रकाशित

नेशनल माइक्रोफाइनान्सको २१ प्रतिशत बोनश हितग्राही खातामा जम्मा, तपाईंकोमा आयो ?

नेशनल माइक्रोफाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट बितरण गरेको २१ प्रतिशत बोनश सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको जनाएको छ । 

संस्थाको गत बर्ष चैत्र ५ गते सम्पन्न भएको सातौ वार्षिक साधारण सभाले पारित गरेको २१ प्रतिशत बोनस सेयर २०७७ फाल्गुन १३ गतेसम्म सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको र त्यसपछि सेयर अभौतिकिकरण गर्ने सेयर धनीहरुको हितग्राही खातामा क्रमश बोनश सेयर जम्मा गरिने व्यबस्था गरेको कम्पनीले जनाएको छ । 

त्यसैगरी, संस्थाले हालसम्म पनि आफ्नो सेयर अभौतिकिकरण नगरेका सेयरधनीहरुलाई यथाशिघ्र सेयर अभौतिकिकरण गरी आफ्नो बोनस हितग्राही खातामै प्राप्त गर्नका लागि आग्रह गरेको छ ।  संस्थाको शेयर रजिष्ट्रार एनआइविएल एस क्यापिटल लिमिटेड रहेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको