Like us!
Follow us!
Connect us!
Watch us!

नेसनल लघुवित्तको नाफामा ९०.३२ % को बृद्धि, अन्य वित्तीय सूचक कस्तो ?

अर्थ संसार

विहीबार, २९ कार्तिक २०८१, १४ : १३ मा प्रकाशित

नेसनल लघुवित्तको नाफामा ९०.३२ % को बृद्धि, अन्य वित्तीय सूचक कस्तो ?

नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । सार्वजनिक भएको वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफामा वृद्धि भएको छ ।


९० प्रतिशतले बढ्यो खुद नाफा

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १० करोड ४७ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गतवर्षको यसै अवधिको तुलनामा ९०.३२ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष लघुवित्तले ५ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा

समीक्षा अवधिसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ३० करोड ४४ लाख रुपैयाँ छ । यो शतप्रतिशत भन्दा धेरैले बढेको हो । त्यसैगरी लघुवित्तको सञ्चालन मुनाफा १४ करोड ९७ लाख रुपैयाँ छ । गतवर्षको यसै अवधिको तुलनामा लघुवित्तको सञ्चालन मुनाफा ९०.३२ प्रतिशतले बढेको हो ।

चुक्ता पुँजी/जगेडा कोष

चुक्ता पुँजी १ अर्ब १६ करोड ५५ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा एक अर्ब ४० करोड रुपैयाँ जम्मा छ । 

निक्षेप संकलन र कर्जा परिचालन

यस अवधिसम्ममा ५६ करोड ५८ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले अन्य वित्तीय संस्थाबाट ऋण गरेर २१ अर्ब २९ करोड ४७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ

पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार लघुवित्तको प्रतिसेयर आम्दानी वार्षिक ३५ रुपैयाँ २९ पैसा छ । प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ ७५ पैसा छ ।

निष्कृय कर्जा

पहिलो त्रैमाससम्म लघुवित्तको निष्कृय कर्जा भने ४२६ प्रतिशत रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको