Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लघुवित्तको ५३ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा

अर्थ संसार

आइतबार, ३० भदौ २०८१, ०७ : ४८ मा प्रकाशित

नेशनल लघुवित्तको ५३ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको ५३ हजार ९१४ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ। 

विभिन्न ८ संस्थापक सेयरधनीका नाममा रहेको संस्थापक सेयर संस्थापकबाहेकका व्यक्ति, संघसस्था वा कम्पनीले किन्न पाउनेगरी बिक्रीमा राखिएको हो।

कम्पनीले यसअघि संस्थापकले मात्र किन्न पाउने गरी सेयर बिक्रीमा राखेको थियो। ३५ दिनभित्र बिक्री नभएपछि सर्वसाधारणले किन्न पाउने भएका हुन्।

सेयर किन्न इच्छुकले आवश्यक कागजातसहित ७ दिनभित्र काभ्रेको बनेपा(१० स्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको