Like us!
Follow us!
Connect us!
Watch us!

मर्जरसम्बन्धी प्रस्ताव पारित गर्न नेसनल माइक्रोफाइनान्सले डाक्यो विशेष साधारण सभा

अर्थ संसार

शुक्रबार, १९ जेठ २०८०, १० : ४१ मा प्रकाशित

मर्जरसम्बन्धी प्रस्ताव पारित गर्न नेसनल माइक्रोफाइनान्सले डाक्यो विशेष साधारण सभा

नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३ गतेका लागि विशेष साधारण सभा डाकेको छ । विशेष सभा धादिङ क्रिक रिसोर्ट, धादिङबेसी, धादिङमा बिहान ११ बजे सुरुदेखि हुनेछ । कम्पनीले समिट लघुवित्तसँग मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गर्न सभा गर्न लागेको हो । 

सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा संयुक्त मर्जर समितिले सिफारिस गरे बमोजिम १००ः७३ सेयर स्वाप अनुपातमा मर्ज हुने विशेष प्रस्ताव पेश हुनेछ । 

जसअनुसार नेसनलको १०० कित्ता सेयर बराबर समिटको ७३ कित्ता सेयर अनुपात कायम हुनेछ । नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीच मर्जर प्रयोजनार्थ अन्तिम सम्झौतालगायत अन्य सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलार्इ अख्तियारी दिने एजेन्डा छ । 

साथै, मर्जर सम्बन्धमा भएका प्रारम्भिक समझदारी पत्र, संयुक्त मर्जर समितिबाट भएका निर्णय तथा खर्चहरु पनि पारित गर्ने प्रस्ताव सभामा पेश हुनेछ । 

दुई लघुवित्त गाभिएपछि ‘नेसनल समिट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड’ नामबाट एकीकृत कारोबार गर्नेछ । 

मर्जरपछि अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ र जारी तथा चुक्ता पुँजी १ अर्ब ८ करोड ४२ लाख ६ हजार २१९ रुपैयाँ हुनेगरी प्रबन्धपत्र संशोधन हुनेछ । सभा प्रयोजनका लागि जेठ २५ गतेदेखि बुक क्लोज हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको