Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लघुवित्तले एफपीओ निष्कासन गर्ने,बिक्री प्रबन्धकमा आरवीबी मर्चेन्ट

अर्थ संसार

विहीबार, ०३ साउन २०८१, ११ : २५ मा प्रकाशित

नेशनल लघुवित्तले एफपीओ निष्कासन गर्ने,बिक्री प्रबन्धकमा आरवीबी मर्चेन्ट

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले फर्दर पब्लिक ईस्यु (एफपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर जारी गर्नको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

लघुवित्तको संस्थापक र सर्वसाधारणको सेयर पुँजीको अनुपात ७० प्रतिशत र ३० प्रतिशत कायम गर्न आर्थिक वर्ष २०७९/८० को वोनस सेयर वितरण पश्चात् कायम हुने संस्थापक र सर्वसाधारणको सेयर पुँजीको अनुपात मिलान गर्दा नपुग भएको सर्वसाधारण तर्फको जम्मा ६ लाख ६९ हजार ९००.२७ कित्ता साधारण सेयर थप सार्वजनिक निष्कासनको माध्यमबाट सेयर जारी गर्न लागेको छ ।

सो सम्झौतापत्रमा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादव र आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको