Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तबीच मर्जरको अन्तिम सम्झौता, स्वाप रेसियो १००ः७३ सहमती

अर्थ संसार

विहीबार, ०७ असार २०८०, १२ : ३४ मा प्रकाशित

नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तबीच मर्जरको अन्तिम सम्झौता, स्वाप रेसियो १००ः७३ सहमती

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय र समीट लघुवित्तबीच मर्जरको अन्तिम सम्झौता भएको छ । आज (बिहिबार) नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्ष केशवप्रसाद आचार्य र समीट लघुवित्त वित्तीय संस्थाको संचालक समितिको अध्यक्ष तिर्थराज ढकालले संयुक्त रुपमा अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

मर्जभएसँगै संस्थाको नाम नेशनल समीट माइक्रोफाइनन्स लघुवित्त वित्तीय संस्था लिमिटेड हुने भएको छ । मर्जर पश्चात नेशनल माइक्रोफाइनान्सको १०० कित्ता सेयर बरावर समीट लघुवित्तको ७३ कित्ता सेयर हुने गरी स्वाप अनुपात तोकीएको छ । मर्जपछि दुबै संस्थाको चुक्ता पुँजी १ अर्ब ८ करोड रुपैयाँ पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको