Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बंगलादेश बैंकको साझेदार आईएफआईसी बैंकले सबै सेयर बेच्ने

अर्थ संसार

मंगलबार, २९ असार २०७८, १२ : ०२ मा प्रकाशित

नेपाल बंगलादेश बैंकको साझेदार आईएफआईसी बैंकले सबै सेयर बेच्ने

नेपाल बंगलादेश बैंकको बंगालदेशी साझेदार आईएफआईसी बैंकले सबै सेयर बिक्री गर्ने भएकाे छ ।

बैंककाे संस्थापक समूहका शेयरधनी आईएफआईसी बैंक लिमिटेड, ढाकाले आफ्नाे सम्पूर्ण ३ कराेड ६८ लाख २७ हजार ४ सय २६ कित्ता तथा आर्थिक वर्ष २०७७/७८ मा कुनै बाेनस सेयर प्राप्त भएमा साे समेत गरी सबै संस्थापकहरू बिक्री गर्न लागेकाे हाे । 

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंककाे केन्द्रिय कार्यालय, कमलादी, काठमाडाैँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

३५ दिन भित्र पनि सेयर बिक्री नभएमा अन्य व्यक्ति,संघ, संस्थाको लागि खुल्ला गरिने बैंकले जनाएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60ed33bb9c55d.jpg 60ed33c17c4ae.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको