Like us!
Follow us!
Connect us!
Watch us!

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त

अर्थ संसार

मंगलबार, २९ असार २०७८, १३ : २५ मा प्रकाशित

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त

सर्वोच्च अदालतको परमादेश बमोजिम शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । देउवा ५औँ पटक प्रधानमन्त्री बनेका हुन् ।

शपथ ग्रहण साँझ ६ बजेका लागि तोकिएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिएका छन् ।

सर्वोच्च अदालतले हिजाे संसद विघटन बदर गर्दै संवैधानिक इजालसले संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको