Like us!
Follow us!
Connect us!
Watch us!

हरियाली बजारले गर्यो देउवाको स्वागत, फाइनान्समा लगानीकर्ताको आकर्षण

नेप्से

मंगलबार, २९ असार २०७८, १४ : ५९ मा प्रकाशित

हरियाली बजारले गर्यो देउवाको स्वागत, फाइनान्समा लगानीकर्ताको आकर्षण

सेयर बजारले आज (मंगलबार) फेरि उकालो यात्रा तय गरेको छ । बजार हरियाली देखिएको छ । गत बिहीबार र यस आइतबार बढेको बजार हिजो (सोमबार) भने सर्वोच्चको निर्णयले गर्दा घटेको थियो । आज फेरि बजार बढेको हो ।

सर्वोच्च अदालतको परमादेश बमोजिम शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । देउवा ५औँ पटक प्रधानमन्त्री बनेका हुन् । शपथ ग्रहण साँझ ६ बजेका लागि तोकिएको छ । सर्वोच्च अदालतले हिजाे संसद विघटन बदर गर्दै संवैधानिक इजालसले संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको थियाे ।

बजारले हरियालीका साथ देउवाकाे स्वागत गरेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक १६.३४ अंकले बढेर २८७१.०३ मा पुगेकाे छ । नेप्से ०.५७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.७४ अंकले बढेर ५३९.५१ मा पुगेको छ ।

कूल २२३ वटा कम्पनीकाे एक करोड २३ लाख ४८ हजार ३ सय ८९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २ सय २४ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

60ed6376c2f8a.jpg

60ed637d42fcc.jpg

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज लाइफ इन्स्याेरेन्सबाहेक बाँकी सबै उपसमूहकाे परिसूचक बढेकाे छ ।

60ed638350af2.jpg

मंगलबार फाइनान्स कम्पनीकाे सेयरमा लगानीकर्ताकाे आकर्षण बढेकाे देखिएकाे छ ।

मंगलबार सर्वाधिक काराेबार हुने १० कम्पनीहरूमा क्रमश : नेपाल बङ्गलादेश बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया बैंक लिमिटेड, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, नबिल बैंक लिमिटेड, मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, रिलायन्स फाइनान्स कम्पनी लिमिटेड, हिमालयन डिष्टीलरी लिमिटेड र ज्योति विकास बैंक लिमिटेड रहेका छन् ।

60ed638cc5a65.jpg

मंगलबार सर्वाधिक नाफा कमाउने १० कम्पनीहरूमा क्रमश : सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड, मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेड, प्रोग्रेशिभ फाइनान्स कम्पनी लिमिटेड, आइसीएफसी फाइनान्स कम्पनी लिमिटेड, ११ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८२/८३, १०.३५ प्रतिशत कृषि विकास बैंक डिबेञ्चर २०८३, १०.५० प्रतिशत एसबिएल डिबेञ्चर २०८२, १० प्रतिशत सानिमा बैंक डिबेञ्चर र रिलायन्स फाइनान्स कम्पनी लिमिटेड रहेका छन् ।

60ed63926842a.jpg

मंगलबार सर्वाधिक नाफा गुमाउने १० कम्पनीहरूमा क्रमश : सानिमा लार्ज क्याप फण्ड, सिइडिबी हाइड्राेपावर कम्पनी लिमिटेड, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्लोबल आईएमई सम्मुनत योजना १, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, लाइफ इन्स्याेरेन्स कर्पाेरेशन नेपाल लिमिटेड, युनियन हाइड्राेपावर कम्पनी लिमिटेड, हिमालयन उर्जा कम्पनी लिमिटेड, एनसीसी बैंक र महिला लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् ।

60ed639a5784d.jpg

असार लगभग सकिएसँगै ठूला व्यवसायीहरूकाे कर तिर्ने चाप पनि घटेकाे छ । त्यसैले पनि अब सेयर बजार बढ्ने संकेत देखिएकाे छ । माैद्रिक नीति सार्वजनिक गर्ने समय पनि नजिकिएकाे छ । याे सकारात्मक भएमा बजार अझै माथि जाने देखिन्छ । अहिले बैंक र इन्स्याेरेन्सहरूकाे कमाइ पनि राम्राे छ । अब असार सकिएपछि फेरि सूचीकृत कम्पनीहरूकाे चाैथाे त्रैमासकाे वित्तीय विवरणहरू पनि धमाधम सार्वजनिक हुन थाल्नेछ । यी सबै कुरा हेर्दा बजार माथि नै जाने  देखिएकाे छ ।

अहिले पुँजी बजारकाे आकार ठूलो बनेको छ । अचानककाे राजनितिक परिवर्तनले हिजाे बजारमा केही असर परेकाे भएपनि लगानीकर्ताहरू आत्तिनु पर्ने अवस्था नरहेको विश्लेषक बताउँछन् । दिर्घकालिन रूपमा बजार अझै बढ्ने विश्लेषकहरूकाे तर्क रहेकाे छ ।

कुन कम्पनीको Demand बजारमा देखिन्छ ? बजार अब कता ? Technical forecast | Ashad 27-31 | Share Tech Funda

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको