Like us!
Follow us!
Connect us!
Watch us!

सवारीसाधनको विवरण पनि अब नागरिक एपबाटै हेर्न सकिने

अर्थ संसार

बुधबार, ३० असार २०७८, ०८ : ३२ मा प्रकाशित

सवारीसाधनको विवरण पनि अब नागरिक एपबाटै हेर्न सकिने

सवारीसाधनको जानकारी, कर बक्यौता र कर दाखिलाकोे विवरण नागरिक एपबाटै हेर्न सकिने भएको छ । 

यसअघि पहिलो चरणमा एन्ड्रोइड भर्सनमा मात्र सुविधा थियो । आईओएसमा नयाँ अपडेटसँगै यातायात कार्यालयमा रहेको आफ्नो सवारीसाधनको विवरण, चुक्ता गरिसकेको तथा चुक्ता गर्न बाँकी कर विवरण तथा अन्य जानकारी हेर्न सकिने भएको हो । 

नागरिक एपको नयाँ अपडेटमा देखिने ‘सवारी कर’ अन्तर्गत उक्त सुविधा उपलब्ध हुने राष्ट्रिय सूचना प्रविधि केन्द्रले बताएको छ । पहिलो चरणमा बागमती प्रदेशका यातायात व्यवस्था÷सेवा कार्यालयमा दर्ता भएका तथा नवीकरण गरिएका सवारीको विवरण अद्यावधिक गर्ने काम भइरहेको बताइएको छ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको