Like us!
Follow us!
Connect us!
Watch us!

पुँजीबजार प्रति नयाँ अर्थमन्त्री शर्मा एकदमै सकारात्मक : राधा पोखरेल

अर्थ संसार

बुधबार, ३० असार २०७८, १६ : २६ मा प्रकाशित

पुँजीबजार प्रति नयाँ अर्थमन्त्री शर्मा एकदमै सकारात्मक : राधा पोखरेल

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मा नेपालको पुँजीबजारप्रति एकदमै सकारात्कम रहेको बताएकी छन् । 

अर्थसंसारसँग कुरा गर्दै पोखरेले आज आफु नवनियुक्त मन्त्रीलाई बधाई तथा शुभकामना दिन गएको र त्यसक्रममा भएको एकदमै संक्षिप्त कुराकानीमा मन्त्री शर्माले निकट भविश्यमै सम्बद्ध निकायहरुसँग छलफल गरी पुँजीबजारको विकासका लागि आवश्यक कदम चाल्ले प्रतिवद्धता व्यक्त गरेको बताईन् । 

मन्त्री शर्माले विगतमा भएका कमि कमजोरीहरुलाई सुधार गर्दै अब आउने दिनमा नेपालको पुँजीबजारको विकासका लागि आफु लागि पर्ने आश्वासन दिएको बताउँछिन् पोखरेल। 

पोखरेलका अनुसार मन्त्री शर्माले आफु सेयर बजारका बारेमा सामान्य जानकार भएपनि बजारमा अहिले के कस्ता समस्याहरु छन् त्यसको समाधानका उपायहरु के के हुन सक्छन् भनि बुँदागत रुपमा ल्याउन र त्यसलाई समाधान गर्न सधै तत्पर रहेको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको