Like us!
Follow us!
Connect us!
Watch us!

यी ३ कम्पनीको साधारण सभा आज, के-के छन् पारित हुने एजेण्डा ?

अर्थ संसार

विहीबार, ३१ असार २०७८, ०७ : १५ मा प्रकाशित

यी ३ कम्पनीको साधारण सभा आज, के-के छन् पारित हुने एजेण्डा ?

आज (असार ३१ गते बिहिबार) ३ वटा कम्पनीको साधारण सभा हुँदैछ । बिहिबार नेको इन्स्योरेन्स कम्पनी, आँधीखोला लघुवित्त वित्तीय संस्था र नेशनल हाइड्रोपावर कम्पनीको साधारण सभा हुन लागेको लागेको हो । 

आँधिखोला लघुवित्त 

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको चौंथो वार्षिक साधारणसभा आज हुँदैछ । कम्पनीको असार १० गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा होटल गाँउबेशीको सभाहल, वालिङ, स्याङ्जामा बिहान साढे ११ बजेबाट सुरु हुनेछ ।

सभाले लघुवित्तले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने गाभिने तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नुका साथै, लेखापरीक्षक नियुक्त गर्ने र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पनि सो सभाले पारित गर्नेछ।

सभाको अन्य प्रस्तावमा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक निर्धारण गर्नेछ । 

संस्थाले साधारण सभा प्रयोजनका लागि असार १५ गतेदेखि बुक क्लोज गरेको छ । त्यसैले असार १४ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् । धौलागिरी लघुवित्तसँगको मर्जर प्रयोजनार्थ २०७६ पुस ३ गतेदेखि लघुवित्तको दोस्रोबजार कारोबार रोक्का छ । 

नेको इन्स्योरेन्स कम्पनी

नेको इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा पनि आज असार ३१ गते हुँदैछ । कम्पनीको संचालक समितिको असार १० गते बसेको बैठकले गरेको निर्णयानुसार कम्पनीको २५ औं वार्षिक साधारण सभा कम्पनीको भवन ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १५.५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८२ प्रतिशत नगद लाभांस गरी कूल १६.३२ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन उपर छलफल गरि पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि असार १८ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार १७ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेशनल हाइड्रोपावर कम्पनी
नेशनल हाइड्रोपावर कम्पनीले आज बिहान ११ बजे साधारण सभा आह्वान गरेको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा हुनेछ । सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

साथै सभाले लोअर इर्खूवा हाइड्रो पावर कम्पनी लिमिटेडले आयोजना निर्माण गर्न लिएको ऋणपमा कर्पोरेट ग्यारेन्टी दिने सम्बन्धमा २०७७ फागुन २ मा सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । यस नेशनल हाइड्रोपावर कम्पनीमा अन्य हाइड्रो कम्पनीलाई मर्जर तथा एक्विजिशनमा लिने निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको