सागर डिस्टिलरी लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारण सभा आगामी पुस २७ गते आयोजना गर्ने भएको छ। कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले नवलपुरको गैँडाकोटमा अवस्थित इला रिसोर्टमा बिहान ९:३० बजेदेखि साधारण सभा सञ्चालन गर्ने निर्णय गरेको हो।
सभामा कम्पनीको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेछन्, जसमा छलफलपछि अनुमोदन गरिनेछ। साथै सोही अवधिसम्मको लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान विवरण तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पनि सभामा पेश भई पारित गरिने छन्।
त्यसैगरी आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सभामा लैजाने कम्पनीले जनाएको छ। साधारण सभाबाट सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने तथा एक जना सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने एजेन्डा पनि तय गरिएको छ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार सो मितिअघिसम्म कायम सेयरधनीहरू मात्र उक्त साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस