Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकाे अवसर : सानिमा लाईफ र मानुषी लघुवित्तले पाए आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति

अर्थ संसार

शुक्रबार, ०१ साउन २०७८, ११ : ०६ मा प्रकाशित

लगानीकाे अवसर : सानिमा लाईफ र मानुषी लघुवित्तले पाए आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति

नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) ले साधारण सेयर (आईपीओ) निष्कासन गर्न विभिन्न २ वटा कम्पनीलाई अनुमति प्रदान गरेकाे छ । बाेर्डले  सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिएकाे हाे ।

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति माग्दै जेठ ९ गते आइतबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे थियाे । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ६० लाख कित्ता आईपीओ निष्कासन गर्न निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

कम्पनीकाे जेठ २३ गते, आइतबार सम्पन्न भएकाे तेस्रो वार्षिक साधारण सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिएकाे थियाे ।

कम्पनीकाे आईपीओलाई केयर रेटिङले“केयर एनपी बीबीबी” रेटिङ प्रदान गरेकाे छ । यस रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ११.७५ प्रतिशतले बढेर ९ करोड ३६ लाख ८६ हजार रुपैयाँ पुगेको छ । जीवन बीमा कोष रकम पनि बढेर १ अर्ब ९२ करोड ३५ लाख रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म कम्पनीले १ अर्ब ४७ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । हाल चुक्तापूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २० करोड ६३ लाख २१ हजार रुपैयाँ रहेको छ । 

त्यसैगरी, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति माग्दै वैशाख १३ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे थियाे । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गर्न निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

संस्थाकाे पाैष २८ गते मंगलबार, हार्दिक हाेटल, बागबजार, काठमाडाैँमा सम्पन्न भएकाे दाेश्राे वार्षिक साधारण सभाले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेकाे थियाे ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको  छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १२६.६३ प्रतिशतले धेरै हो । गत वर्ष संस्थाको नाफा ५२ लाख ७९ हजार रुपैयाँमा सिमित थियो। तेस्रो त्रैमाससम्म संस्थाको खुद ब्याज आम्दानी पनि २१.८१ प्रतिशतले बढेर ६ करोड ८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा संस्थाले ४ करोड ९९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । हाल चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा ३ करोड ४२ लाख रुपैयाँ रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको