- राधा पोखरेल, (अध्यक्ष, नेपाल पूँजी बजार लगानीकर्ता संघ, काठमाण्डौँ)
नेपाल पूँजीबजार लगानीकर्ता संघमा आजबाट अध्यक्षको रुपमा मेरो कार्यकालको तिन वर्ष पुरा भएको छ। आजसम्मको यात्रामा साथ दिनुहुने सम्पुर्ण लगानीकर्ता साथीहरु , संघमा आवद्ध सदश्य, प्रदेश संयोजक , सह-संयोजक, जिल्ला संयोजक- जिल्ला सह संयोजक, मिडियाकर्मी, अग्रज लगायत सेयर बजारसँग सम्बन्धित सम्पुर्ण सरोकारवाला प्रती हार्दिक आभार व्यक्त गर्दछु।
सातै प्रदेश र ७७ जिल्लामा संघको संगठन विस्तार गरि लगानी कर्तालाई सचेतना फैलाउने सरकारी नीतिलाई सहयोग गर्दै लगानीकर्ताको हकहितका लागि प्रतिवद्ध भई कार्य गर्दै आइरहेको छ ।
संघले हालसम्म गरेका प्रमुख कार्यहरु :
२०७६ जेष्ट १८ गते अर्थ मन्त्रालय, आन्तारिक राजस्व कार्यलयबाट लगानिकर्ताले घाटामा पनि कर तिर्नुपर्ने (बोनस र हकप्रदलाई रु.१०० नै आधार मानेर कर लगाउने) एकतर्फी निर्णय पश्चात लगानिकर्ता संघ एकजुट भएर आन्दोलनमा होमिएका थिए। नेपाल पुँजीबजार संघको समेत सकृय उपस्थिती रहेको उक्त आन्दोलनबाट सरकार आफ्नो निर्णयबाट पछी हट्न बाध्य भएको थियो।
अर्थमन्त्रीको एक अभिब्यक्तीको गलत बुझाई र बजारमा फैल्याईएको भ्रमका कारण लामो समयदेखी निरन्तर ओरालो लागेको बजारप्रति लगानीकर्तामा चरम निराशा छाएको बेला संघले २०७५ श्रावण २७ गते राजधानीमा एउटा भव्य अन्तरकृया कार्यक्रम सञ्चालन गर्यो। सेयर बजारको अवस्थामा केन्द्रीत उक्त कार्यक्रममा पुर्व प्रधानमन्त्री माधव नेपाल , पुर्व गवर्नर डा. चिरन्जिबी नेपाल , पुर्व अर्थमन्त्री डा.रामशरण महत लगायत ठुलो संख्यामा सम्बन्धित क्षेत्रका विज्ञहरुको उपस्थिती रहेको थियो। यो कार्यक्रमले धेरै हदसम्म लगानिकर्तामा रहेको चरम निरासालाई चिर्न सफल हुनुको साथै चह्राएको घाउमा मलम लगाउन सफल भयो। फलत बजारमा क्रमश: सुधार देखा पर्दै गयो।
संघले २०७५ भाद्र १५ प्रदेश नं २ जनकपुरमा "नेपाली पुँजी बजारमा वर्तमान सेयर बजारका अवसर र चुनौतिहरु" बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न गर्यो। कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत , बुद्दिजिवी लगायत सयौंको संख्यामा सर्वसाधारणको उत्साहजनक उपस्थिती रहेको थियो। सरोकारवालाहरुले कार्यक्रमलाई महत्वपूर्ण हिसाबले लिएका थिए। यही जनचेतना मुलक कार्यक्रम पछि २ नं प्रदेशको राजधानिमा चैत्र १४ गते ब्रोकर कार्यलय बिस्तार गर्न सम्भव भएको छ । यसका साथै संघकै संक्रियतामा दाड, सुर्खेत लगायत ठाउँमा ब्रोकर शाखा विस्तारको पहल भएको छ।
सेयर सक्षरता अभिवृद्धि गर्ने उदेश्य अनुरुप संघले २०७५ असोज ३, १५ र २७ गते क्रमश: हेटौंडा, चितवन र धनगढीमा जनचेतना मुलक कार्यक्रम गरेको थियो । यसैगरी पुष २० गते धादिङका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेको प्रमुख आतिथ्यमा धादिङमा पनि सो कार्यक्रम सम्पन्न गरेको जानकारी गराउन चाहन्छु ।
सेयर कारोबारमा प्यान अनिवार्य भन्ने बिषयले बजारमा एक किसिमको आतंक नै फैलाएको थियो। जुन समस्यालाई अन्य सँघ सहित नेपाल पुँजीबजार लगानिकर्ता संघको सकृयतामा नियामक निकायहरुसँगको निरन्तरको वार्ता पश्चात सेयर कारोबारमा सबैलाई प्यान अनिवार्य भनिएकोमा अहिलेलाई प्रती कारोबार ५ लाख भन्दा बढीको कारोबार गर्नेलाई मात्र अनिवार्य गरियो।
सेयर कारोबारमा ब्याक्तिगत लगानिकर्ताको हकमा लाग्दै आएको ७.५ प्रतिशतको पुँजीगत लाभकर लाई आर्थीक वर्ष ७६/७७ को बजेट मार्फत ५ प्रतिशतमा झारिएको थियो । जुन एजेण्डा हाम्रो संघले बजार सुधारको लागी अर्थ मन्त्रालयमा पेश गरेको सुझाव मद्धेको एउटा मुख्य एजेण्डा नै थियो। यसबाट लाखौं लगानिकर्ता लाभान्वित भएका छन्।
सरकारको तर्फबाट पूँजीबजार सुधारका र व्यवस्थित गर्नका लागी कैयन कामहरुको थालनि भईराखेका समयमा अर्थ मन्त्रालयले मुद्रा बजार पुँजीबजारको समस्या समाधान गर्न बनेको उच्च स्तरिय आयोगमा हाम्रो सहभागिता र बजार सुधारको ५८ बुँदामा सहमती भएर बजार सुधार र विकासको कार्यहरु अल्पकालिन, मध्यकालिन र दिर्धकालिन गरी ३ चरणमा कार्यान्वयनको क्रममा रहेको छ।
२०७६ जेष्ट ३० गते हाम्रो संघले नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री श्री पुष्प कमल दाहाल 'प्रचण्ड' लाई भेटी सेयर बजारको वर्तमान अवस्था बारे छलफल गरी बुँदागत रुपमा बजारको समस्याहरु बारे जानकारी गराएको थियो । उहाँबाट आफु बजारप्रती एकदमै सकारात्मक रहेको धारणा व्यक्त गर्दै बजारको विकास र बिस्तारको लागी आफ्नो तर्फबाट सक्दो सहयोग हुने आस्वासन प्राप्त भएको थियो।
नियमित गतिविधीका अलवा समय समयमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा संघको सहभागिता रहँदै आएको छ। २०७५ फागुन १६ र १७ गते आयोजना भएको दुई दिने लगानी सम्मेलन त्यस्तै २०७६ असार १६ र १७ गते आयोजित वित्तिय साक्षरता सम्बन्धी दुई दिने अन्तराष्ट्रिय सम्मेलनमा समेत सँघको सहभागिता रहेको थियो।
सेयर बजारलाई नै आफ्नो प्रमुख आधार क्षेत्र मानेर अघी बढ्दै आएको नेपाल पुँजीबजार लगानिकर्ता संघले प्रि-बजेट छलफल, मौद्रीक नितिको लागी आफ्नो राय सुझाव पेश गर्ने , अनलाईन ट्रेडिङमा बारम्बार देखिए समस्या, सेयर कारोबारमा राफसाफ को अवधी छोट्याई कारोबार प्रणाली लाई अझै छिटो र छरितो बनाउने लगायत सेयर बजारमा समय समयमा आउने बिभिन्न समस्याहरुको बिषयमा सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाउने देखी लिएर आवश्यक सुझावहरु समेत पेश गर्दै आईरहेको छ।
२०७६ श्रावण १ गतेबाट लागु गरिएको सेयर बजारलाई ढुंगे युग तर्फ लजाने भारित औसत मुल्य गणना बिधीको बिरोध र सम्बन्धित निकाय सँग निरन्तर बार्ता गर्दै आईरहेको थियो। एकातर्फ अनलाईन कारोबार सुरु भयो भन्ने, अर्को तर्फ सेयर बिक्री पश्चात लगानिकर्ता अनिवार्य रुपमा खरिद बिवरण सहित ब्रोकरको कार्यालय धाएर ल्याप्चे लगाउनु पर्ने बिल्कुलै अवैज्ञानिक र अव्यवहारिक नियमका सम्बन्धमा श्रावण १५ गते अर्थ मन्त्रालयमा भएको छलफलले यो बिषयलाई निकास दिएको थियो। जस अनुसार २०५८ साल देखी २०७६ सम्मको औसत मुल्य कायम गर्न अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो।
नेपाल पुँजिबजार लगानिकर्ता संघ सामाजिक उत्तरदाईत्वको विषयमा पनि संवेदनशिल रहेको छ। बारा र पर्सामा २०७५ फागुनमा आएको आँधी हुरीले गराएको धन जनको ठुलो क्षति लगत्तै फाल्गुन २३ गते संघकै सक्रियतामा स्थाननिय निकायसँगको समान्वयमा पिडित परिवारलाई ८० हजार बराबरको राहत बितरणको कार्य गरेको थियो। कोविड-19 को कारण ज्याला मज़दूरी गरी जीविकोपार्जन गर्नेको लागि संघको तर्फबाट ७० हज़ार नगद सहित पिडितहरुलाई मास्क र खानाको व्यवस्था गरेको छ ।
लामो समयदेखी निरन्तर ओरालो लागेको बजारप्रति लगानीकर्तामा चरम निराशा छाएको बेला संघले गत बर्ष श्रावण १८ गते राजघानीमा एउटा भब्य अन्तरकृया कार्यक्रम संचालन गर्यो। बर्तमान सेयर बजारको अवस्थामा केन्द्रीत उक्त कार्यक्रममा पुर्व प्रधानमन्त्री माधव नेपाल ज्यु , डेपुटि गभर्नर चिन्तामणी शिवाकेटी ज्यू, पुर्व अर्थमन्त्री डा.रामशरण महत ज्यु, पुर्व अर्थमन्त्री संकर कोइराला ज्यू , सरोकारवाला निकाय लगायत ठुलो संख्यामा सम्बन्धित क्षेत्रका विज्ञहरुको उपस्थिती रहेको थियो। यो कार्यक्रमले धेरै हदसम्म लगानिकर्तामा रहेको चरम निरासालाई चिर्न सफल हुनुको साथै चह्राएको घाउमा मलम लगाउने काम गरेको छ ।
संघले ७ नं. प्रदेशमा गत वर्ष असोज १४ गते धनगडीमा पुँजीबजार तथा नेप्से अनलाईन कारोबार प्रणाली सम्बन्धि सचेतना कार्यक्रम गरेको थियो र सयौंको संख्यामा सर्वसाधारणको उत्साहजनक उपस्थिती रहेको थियो।
त्यस्तै डलेल्धुरामा भाद्र ३१ गते अनलाईन कारोबार प्रणाली सम्बन्धी सचेतना कार्यक्रम गरेको थियो र लगानीकर्ताहरुको उत्साह जनक उपस्थिति रहेको थियो। आर्थिक विकासको लागि पुँजी बजारको विकास अपरिहार्य ठाँन्दै यसैगरी संघले महेन्द्रनगरमा पनि गत असोज ५ गते सचेतनामुलक कार्यक्रम सम्पन्न गराएको थियो।
असोज १४ गते प्राधाअनमन्त्री ज्युलाई भेटी सेयर बजारको बर्तमान अवस्था बारे छलफल गरी समस्याहरु बारे जानकारी गराउँदै बुदागत रुपमा ज्ञापन पत्र पनि बुझाएको थियो। उहाँबाट बजारको विकास र बिस्तारको लागी आफ्नो तर्फबाट सक्दो सहयोग हुने आस्वासन प्राप्त भएको छ।
त्यसै गरि गत पौष १३ गते पोखरामा “लगानीकर्ता सचेतना कार्यक्रम" सम्पन्न भएको थियो। कार्यक्रममा प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ ज्यू र सरोकारवालाहरुले कार्यक्रमलाई महत्वपूर्ण हिसाबले लिएका थिए। अर्थतन्त्रको एना मानिने पुँजीबजारलाई राज्यले अपहेलना गरेकोमा दु:ख व्यक्त गर्दै आफ्नो तर्फबाट बजार बिस्तारको लागि सक्दो सहयोग पुर्याउने आश्वसन व्यक्त गर्नु भएको थियो ।
समय समयमा आयोजना हुने बिभिन्न कार्यक्रमहरुमा संघको सहभागिता रहदै आएको छ । गत मंसिर २८ गते बिमा र पुँजी प्रदशनीमा संघले सहभागिता जनाउँदै आफ्नो राय सुझाव पेश गरेको थियो ।
यसै गरी सेयर साक्षरता अभिबृद्दी गर्ने उदेश्य अनुरुप यस संघले गत चैत्र ३० बैषाख १ र २ गते गरि तिन दिन सम्म सेयर बजार सम्बन्धि दमकमा पहिलो पटक आधारभुत तथा प्राविधिक विश्लेषण र सचेतना कार्यक्रम सम्पन्न गरेको थियो। यस्का साथै ०.२५ प्रतिशत ब्रोकर कमिशन कायम गर्न शान्तिपुर्ण दवाव श्रृजनाको लागि धितोपत्र बोर्डमा एक दिने अनसन कार्यक्रम सम्पन्न गरिएको थियो ।
२०७७/५/१० गते कपनको स्कुल जोसेफमा महिलाहरुको सेयर बजारमा सहभागिता कार्यक्रम मार्फ़त महिलाहरुको जीवनस्थर उकास्नको लागि प्रेरित गर्दै सेयर बजारमा १२० जना महिलालाई लाभान्वित गराएको ।
२०७७/६/१० काठमाडौ हार्दिक होटेलमा कोरोनाले थलाएको व्यापार व्यवसाय र कोभिसिल्डपछि जुर्मुराएको सेयरबजार विषयक अन्तरक्रिया गरि लकडाउनको बेला लगानीकर्ताहरुको मनोबल उठाउने कार्यक्रम सम्पन्न गरिएको थियो ।
२०७७/१०/३० १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा महिलाको सुरक्षा, सम्मान र रोजगार: समृद्ध नेपालको आधार” कार्यक्रममा सेयर सचेतना अभियान संचालन गरिएको थियो ।
२०७७/११/३ मोडर्न कन्या मल्टिपल संस्थापक अध्यक्ष प्रा. डा. रामप्रसाद दाहाल ज्यूको सभापतित्वमा सस्कृतिविद प्रा.डा. विना पौडेल, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लीली थापा, अर्थमन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाश श्रेष्ठ, संविधानबिद काशीराज दाहालबीच सेयर बजारमा युवाहरुको भविष्यको विषयमा अन्तर्किया सम्पन्न गरिएको थियो ।
२०७७/११/७ गते चोभारमा बनभाेज मार्फत बजारका समस्याग्रस्त बिषयमा छलफल सहित आपसी सद्भाव, एकता र सहकार्य बडाएको ।
२०७६/ ११/११पुँजीबजार सम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम उधोग वाणिज्य संघको सभा हल, बिरगंजमा सम्पन्न भएको थियो ।
२०७७/११/१५नेपाल स्टक एक्सचेन्ज लि, सिडिएस एण्ड क्लियरिङ्ग लि र नेपाल पुँजी बजार लगानीकर्ता संघको संयुक्त अयोजनामा पुँजीबजार सम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम होटल सिमा, हेटौँडा, मकवानपुरमा सम्पन्न भएको थियो ।
२०७७/१२/१ धेरै भन्दा धेरै लगानीकर्तालाई पुँजी बजारमा भित्र्याउँने अवधारणालाई अगाडि बढाउँदै बनस्थली खरिबोटमा जेम्स स्कुलमा सिर्जनशील युवा उद्दमी समूहद्धारा आयोजित धितोपत्र बजार तथा बीमा साक्षरता कार्यक्रममा सम्पन्न गरिएको थियो ।
२०७७/१२/२८आयोजक दमक जेसिस र नेपाल पूँजीबजार लगानीकर्ता संघको सहकार्यमा प्रादेशिक स्तरमा रहेका लगानीकर्तालाई साक्षरता प्रदान गर्दै बजारमा प्रवेस गराउँन झापा जिल्ला कार्य समिति घोषणा सभा र प्रदेश नं. १ को आयोजनामा शेयर आधारभुत ( Basic) तालिम ( लगानीकर्ता सचेतना कार्यक्रम ) मेयर रोमनाथ ओली, उधोग बाणिज्य संघका उपाध़्यक्ष, दमक बैंकर संघका अध्यक्ष र शिखर ईन्स्योरेन्स म्यानेजरको आतिथ्यमा सम्पन्न भएको छ ।
२०७७/१/३ गते काठमाण्डौ बुद्धनगरमा समृद्ध नेपाल लगानी समुह प्रा. लि. र नेपाल पूँजीबजार लगानीकर्ता संघ जिल्ला रुपन्देहीको आयोजनमा धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना, नेपाल स्टक एक्सेन्जका कार्यकारी निर्देशक चन्द्र सिँह साउद, yco सिइओ दिपेश प्रधान, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, cdsc का प्रतिनिधिको आथित्यमा अपाङ्गता भएका व्यक्तिहरुले पूँजीबजारमा लगानी गर्दा हुने समस्या लगाएतका बजारका समस्या र समाधानका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यस्का साथ साथै समय समयमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा संघको सहभागिता रहँदै आएको छ ।
सातै प्रदेश र सतहत्तर जिल्लामा संघको संगठन विस्तार गरि लगानी कर्तालाई सचेतना फैलाउने सरकारी नितिलाई सहयोग गर्दै लगानीकर्ताको हकहितका लागि प्रतिवद्ध भई कार्य गर्दै आइरहेको छ ।
ब्याक्तिगत स्वार्थबाट पर हटेर सार्वजनिक हितलाईनै मुख्य उदेश्य मानेर हातेमालो गर्दै अघी बढेको कारणनै संघ छोटो समयमै आम लगानिकर्ता देखी सबैको मन मस्तिस्कमा बस्न सफल भएको छ। उल्लेखनिय कुरा त संघले राजधानी केन्द्रीत मात्र नभई सातै प्रदेशमा आफ्नो संजाल विस्तार गरिसकेको छ भने ७७ वटै जिल्लामा संजाल विस्तारको क्रममा छ, यसप्रकारको गतिबिधी यसअघी कुनै पनि संस्थाबाट भएको थिएन। लगानीकर्ता संघको सातै प्रदेशका प्रतिनिधी र सदश्यहरुको लगनशिलता र संघ प्रतिको झुकाव देख्दा ईच्छाशक्ती नै रहेछ सबै भन्दा ठुलो कुरा, चाह्यो भने नहुनेनै के रहेछ र भन्ने भान भएको छ।
पछील्लो समय कोभिड-१९ महामारीको कारण योजनामा रहेका कार्यक्रमहरुमा ब्रेक लागेको छ। तथापी सामाजिक संजाल का साथै भर्चुअल माध्यम मार्फत् बजारको समस्याहरुको समाधानको लागी संघले आफ्नो तर्फबाट निभाउनु पर्ने कर्तव्य निभाईरहेको जानकारी गराउँदै महामारीको अन्त्य पश्चात संघले आफ्ना गतिविधीहरुलाई पुरानै अवस्थामा तिब्रता दिने कुराको जानकारी गराउन चाहन्छु।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस