Like us!
Follow us!
Connect us!
Watch us!

निम्बसको प्रोबायोटेक बन्यो पब्लिक कम्पनी, अब आईपीओ ल्याउन बाटाे खुल्यो

अर्थ संसार

शनिबार, ०२ साउन २०७८, १३ : ०४ मा प्रकाशित

निम्बसको प्रोबायोटेक बन्यो पब्लिक कम्पनी, अब आईपीओ ल्याउन बाटाे खुल्यो

निम्बस होल्डिङ अन्तर्गत रहेको प्रोबायोटेक इण्डष्ट्रिज प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा परिणत भएको छ । प्रोबायोटेक इण्डष्ट्रिज खाद्यान्न र पशु दाना उद्योगमा अग्रणी कम्पनी हाे ।

पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएसँगै अब कम्पनीलाई सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने बाटो खुलेको छ । सबै प्रक्रियाहरू राम्ररी अघि बढेमा सम्भवत कम्पनीले अबकाे एकदेखि डेढ वर्षभित्रमा सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्नेछ ।

याे कम्पनी बजारमा राम्ररी नै स्थापना भइसकेकाे कम्पनी हाे । 

हाल कम्पनीले व्यन्जन र सुनौलो किरण ब्रान्डमा गुणस्तरीय खाने तेल उत्पादन गर्छ । जसअन्तर्गत सुर्यमुखी, तोरी, भटमास तेल उत्पादन हुन्छन् । कम्पनीले शक्ति ब्राण्डमा दाना बिक्री गर्दछ । यस्तै, प्रोबायोटेकले नै भटमासको मस्यौरा, आटा, सुजी, दाल, मैदा आदी पनि उत्पादन गरिरहेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको