Like us!
Follow us!
Connect us!
Watch us!

शनिबार थप १८७५ जनामा कोरोना संक्रमण पुष्टि, २१ को मृत्यु

अर्थ संसार

शनिबार, ०२ साउन २०७८, १६ : ५१ मा प्रकाशित

शनिबार थप १८७५ जनामा कोरोना संक्रमण पुष्टि, २१ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ८ सय ७५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार १० हजार ६६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट एक हजार ३ सय १० जनामा र एन्टिजेन विधिबाट ५ सय ६५ जनामा गरी कूल एक हजार ८ सय ७५ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, बितेको २४ घण्टामा २१ जना संक्रमितको मृत्यू भएको छ । याेसँगै  देशभर कोरोनाबाट हालसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ५ सय २७ पुगेको छ ।  पछिल्लो २४ घण्टामा २ हजार १ सय ६४ जना संक्रमणमुक्त भएका हुन् ।

No photo description available. 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको