Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि सिगटी हाइड्रोको सेयर मूल्यमा सकारात्क सर्किट

अर्थ संसार

आइतबार, ०३ साउन २०७८, १६ : ५५ मा प्रकाशित

राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि सिगटी हाइड्रोको सेयर मूल्यमा सकारात्क सर्किट

आज आईतबारको सेयर कारोबारमा सिगटी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्क सर्किट ब्रेक लागेको छ । कम्पनीले उत्पादन गरेको २५ मेगाावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आज कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले बृद्धि भएको छ । कम्पनीको सेयर मूल्य ४३ रुपैयाँले बृद्धि भएर ४७६ रुपैयाँ ३इ पैसा कायम भएको नेप्सेले जनाएको छ ।आज नेप्सेमा यो कम्पनीको ४ करोड ५९ लाख ४१ हजार ८१६ रुपैयाँ मूल्य बराबरको ९८ हजार ४०२ कित्ता सेयर कारोबार भएको छ । 

कम्पनीले दोलखाको सिँगटी खोलाबाट उत्पादन गरेको २५ मेगावाट बिजुली निर्माण सम्पन्न भएको करिब १८ महिनापछि मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । 

लामो समयसम्म सिँगटी–लामो साँघु प्रसारण लाइन तयार नहुँदा उत्पादन सुरु भएपनि कम्पनीले उत्पादन गरेको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिन सकेको थिएन जसका कारण कम्पनीको ब्याज मात्रै करिब ७५ करोड रुपियाँ नाक्सानी भएकोछ  ।

सिगटी हाइड्रो इनर्जी  लिमिटडले निर्माण गरको यो आयोजनाले हाल परीक्षण उत्पादन गरिरहको छ । बिजुली उत्पादन गर्न नपाउँदा बिजुली बिक्री  गरेर प्राप्त हुने आम्दानी गुम्योभने ऋणको ब्याजले आयोजनाको लागत समेत बढ्यो ।  आयोजना तयार पारेर डेढ बर्षसम्म पनि बिजुली बेच्न नपाउँदा आम्दानीनै भएन । बैङ्कको ब्याज मात्रै करिब ७५ करोड रुपियाँ नाक्सानी भएकोछ । 

२०७६ माघमा आयो जना सन्पन्न  हुँदा यो आयोजनाको लागत प्रतिमेगावाट २२  करोड रुपियाँ थियो तर व्यावसायिक उत्पादनको मिति डढ वर्ष धकेलिँदा लागत प्रतिमेगावाट २४ करोड रुपियाँभन्दा बढी पुगेको छ । जलप्रवाहमा आधारित यो आयाजनाबाट वर्षातमा २५ मेगावाट र सुक्खायाममा करिब नौ मेगावाट विद्युत् उत्पादन हुन्छ । आयोजनामा ३० प्रतिशत स्वामित्व सर्वसाधारणको छ ।    

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको