Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्स र सिभिल क्यापिटलबीच सेयर रजिष्ट्रारको सम्झौता

अर्थ संसार

आइतबार, ०३ साउन २०७८, १८ : ०० मा प्रकाशित

अजोड इन्स्योरेन्स र सिभिल क्यापिटलबीच सेयर रजिष्ट्रारको सम्झौता

अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड र सिभिल क्यापिटल मार्केट लिमिटेडबीच सेयर रजिष्ट्रार सेवाको लागी सम्झौता भएको छ । 

 आइतबार कम्पनीकाे प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच अजोड  इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र सिभिल क्यापिटल मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेलले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । 
 
कम्पनीले साउन ४ गतेदेखि लागू हुने गरी धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि सिभिल क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा  नियुक्ती गरेकाे हाे ।

अब उप्रान्त कम्पनीकाे सेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू सिभिल क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको