Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको मर्जर भाँडियो

अर्थ संसार

बुधबार, २७ पुस २०७९, १० : ४६ मा प्रकाशित

अजोड इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको मर्जर भाँडियो

अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड बीचको मर्जर भाँडिएकाे छ ।

यी दुई कम्पनीबीच यही असार ३२ गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झाैतापत्रमा हस्ताक्षर भएकाे थियाे । प्रभु र अजोडका बीचमा १००ः७० को अनुपातमा सेयर आदान–प्रदान हुने गरी मर्जर सम्झौता भएको थियाे । तर अहिले एकाएक यी कम्पनीकाे मर्जर भाँडिएकाे छ ।

दुई कम्पनीका सञ्चालकहरुबीच कुरा नमिलेपछि मंगलबार डिमर्जरको सम्झौता भएको हो । दुई कम्पनीका सञ्चालकहरुबीच भएको डिमर्जरको पत्र बीमा प्राधिकरणबाट पनि सहमति भइसकेकाे छ ।

त्यस्तै, प्रभु इन्स्याेरेन्ससँग मर्जर तोडिएसँगै अजोड इन्स्योरेन्सले रातारात युनाइटेड इन्स्योरेन्ससँग मर्जरमा जाने प्रारम्भिक सम्झौता समेत गरिसकेको छ । डिमर्जरको सम्झौता भएको केही घण्टामै अजोड र युनाइटेड इन्स्योरेन्सबीच सम्झौता भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको