Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा अजाेड इन्स्याेरेन्सकाे काराेबार फुकुवा

अर्थ संसार

आइतबार, १८ मंसिर २०७९, १५ : ४१ मा प्रकाशित

नेप्सेमा अजाेड इन्स्याेरेन्सकाे काराेबार फुकुवा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अजाेड इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे काराेबार फुकुवा गरेकाे छ । नेप्सेले आधारभूत सेयरधनीबाहेकको सेयरधनीहरूको सेयर कारोबार फुकुवा गरेको हो ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको 'धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ' बमोजिम काराेबार फुकुवा गरिएकाे नेप्सेले जनाएकाे छ । याेसँगै अब भाेलि (साेमबार) बाट दाेश्राे बजारमा कम्पनीकाे काराेबार खुल्नेछ ।  

प्रभु इन्स्याेरेन्स कम्पनी लिमिटेड र अजोड इन्स्याेरेन्स कम्पनी लिमिटेडबीच एक आपसमा मर्ज हुने सम्झौता भएपछि साउन एक गते आइतबादेखि नेप्सेमा सेयर कारोबार रोक्का भएको थियाे । प्रभु र अजोडबीच १००ः७० को अनुपातमा सेयर आदान–प्रदान हुने गरी मर्जर सम्झौता भएको हो । 

सूचना हेर्नुहाेस् :

638c72808c0a9.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको