Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकाे अवसर : सामलिङ्ग पावरले पायाे आईपीओ ल्याउन बोर्डबाट अनुमति

अर्थ संसार

सोमबार, ०४ साउन २०७८, १३ : २३ मा प्रकाशित

लगानीकाे अवसर : सामलिङ्ग पावरले पायाे आईपीओ ल्याउन बोर्डबाट अनुमति

सामलिङ्ग पावर कम्पनी लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट साधारण सेयर (आईपीओ) निष्कासन गर्ने अनुमति पाएकाे छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड ३० लाख रूपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार ३१ गते आईपीओ निष्कासन गर्ने अनुमति प्रदान गरेकाे हाे ।

कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले गर्नेछ ।

कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी बीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

उर्जा डेभलपर्स प्राइभेट लिमिटेडको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनी लिमिटेडले इलाम जिल्लामा निर्माणाधिन माईबेनी जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस आयोजनाबाट वार्षिक उत्पादन हुने ५३.२८ गिगावाट उर्जा ईलाम जिल्लाको गोदक स्थित नेपाल विद्युत प्राधिकरणको ३३/१३२ के.भी गोदक सवस्टेसन मार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको