Like us!
Follow us!
Connect us!
Watch us!

साढे ९ अर्ब बढी रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

अर्थ संसार

सोमबार, १८ जेठ २०८३, १७ : १४ मा प्रकाशित

साढे ९ अर्ब बढी रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

राष्ट्र बैंकले ९ अर्ब ६९ करोड ८५ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । यसका लागि प्रस्ताव पठाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सूचना जारी गरेको हो । 

जसअनुसार ७ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ वाणिज्य बैंकमा, १ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ विकास बैंकमा र ४८ करोड ४९ लाख रुपैयाँ फाइनान्स कम्पनीमा राख्नका लागि सूचना जारी गरेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले यही कात्तिक २० गते सम्म आफूले दिने ब्याजदरसहित राष्ट्र बैंकमा प्रस्ताव पठाउनु पर्नेछ । यसरी राष्ट्र बैंकको पैसा मुद्दती निक्षेपमा राख्नका लागि तोकिएका सर्तहरू भने बैंक तथा वित्तीय संस्थाले पालना गर्नु पर्नेछ ।

जसअनुसार सम्बन्धित संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्ने, न्यूनतम पुँजी कोष अनुपात कायम रहेको, निष्क्रिय कर्जा कुल सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको, कर्जा–निक्षेप (सीडी) अनुपात तोकिएको सीमाभित्र रहेको हुनुपर्ने लगायत छन् ।
त्यसैगरी निक्षेप लगानी गरिने बैंक तथा वित्तीय संस्था शीघ्र सुधारात्मक कारबाहीमा परेको भए यस्तो कारबाही फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने, त्यस्तै राष्ट्र बैंकको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने र भएको भए फुकुवा भएको ६ महिना अवधि पूरा भएको हुनुपर्ने तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने सर्त केन्द्रीय बैंकको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको