Like us!
Follow us!
Connect us!
Watch us!

यी ४ कम्पनीको सेयर आजबाट लिलामीमा, हेर्नुस् कुनकाे कति कित्ता ?

अर्थ संसार

मंगलबार, ०५ साउन २०७८, ११ : ४६ मा प्रकाशित

यी ४ कम्पनीको सेयर आजबाट लिलामीमा, हेर्नुस् कुनकाे कति कित्ता ?

प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी लिमिटेडकाे स्वामित्वमा रहेको ४ वटा कम्पनीकाे सेयर आज (श्रावण ५ गते, मंगलबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ ।

क्यापिटलले प्रभु बैंक लिमिटेडकाे ५० हजार कित्ता, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एक लाख कित्ता, नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ३५ हजार कित्ता र प्राइम कमर्सियल बैंक लिमिटेडको ७० हजार कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे । 

कुनकाे मूल्य कति ?

प्रभु बैंक लिमिटेड = २६३

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड = ५००

नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड = ५००

प्राइम कमर्सियल बैंक लिमिटेड = २५३

कति दिने आवेदन ?

लगानीकर्ताले सबै कम्पनीकाे सेयरमा न्युनतम ५ हजार कित्तादेखि र अधिकतममा सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

क्यापिटलले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60f668b443e3f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको