स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । धेरै समयपछि काेराेना संक्रमितकाे संख्या ३ हजार नाघेकाे हाे ।
मन्त्रालयका अनुसार कुल १३ हजार एक सय ३५ जनाकाे परिक्षण गर्दा २ हजार २ सय २ जनामा पीसीआर परिक्षणबाट र ९ सय ६ जनामा एन्टीजेन विधिबाट गरी कुल ३ हजार १ सय ८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको हाे ।
त्यसैगरी, बितेको २४ घण्टामा २५ जना संक्रमितको मृत्यू भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ५ सय ९५ जना निकाे भएर घर फर्किएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस