Like us!
Follow us!
Connect us!
Watch us!

ङादी ग्रुप पावरको सेयरमा सकारात्मक सर्किट, ३ कम्पनीको कारोबार सर्किट लेभलमा

नेप्से

विहीबार, ०७ साउन २०७८, १३ : ३२ मा प्रकाशित

ङादी ग्रुप पावरको सेयरमा सकारात्मक सर्किट, ३ कम्पनीको कारोबार सर्किट लेभलमा

यस साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एउटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

बिहीबार ङादी ग्रुप पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेको हो । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ६ सय ९४ रूपैयाँ १० पैसा पुगेकाे छ ।

त्यसैगरी,  अन्य ३ वटा कम्पनीको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ । बिहीबार सिटिजन म्युचुअल फण्ड २, लक्ष्मी उन्नती काेष र सिटिजन म्युचुअल फण्ड १ काे सेयर सकारात्मक सर्किट लेभलमा काराेबार भइरहेकाे छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २३.७१ अंकले बढेर ३००९.२८ विन्दुमा पुगेकाे छ ।

60f923a86d1d1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको