Like us!
Follow us!
Connect us!
Watch us!

पब्लिक कम्पनी बनेसँगै नर्भिकमा नयाँ संचालक समिति चयन

अर्थ संसार

शुक्रबार, ०८ साउन २०७८, १६ : ०६ मा प्रकाशित

पब्लिक कम्पनी बनेसँगै नर्भिकमा नयाँ संचालक समिति चयन

प्राइभेट लिमीटेडबाट पब्लिक लिमीटेड कम्पनीमा रुपान्तरण भएसँगै नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजमा नयाँ संचालक समिति चयन भएको छ । 

नर्भिक पब्लिक लिमीटेडमा रुपान्तरण भएपछिको यो पहिलो संचालक समिति हो । यही संचालक समितिले सर्वसाधारणका लागि सेयर जारी गर्ने लगायतका निर्णयहरुलाई कार्यान्वयनमा लैजानेछ । 

नर्भिकको नवनियुक्त संचालक समितिको अध्यक्षमा राजेन्द्रबहादुर सिंह रहेका छन् । उनी यसअघि नर्भिकको कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए । 

प्रबन्ध संचालकको रुपमा मेघा चौधरी चयन भएकी छिन् भने संचालकहरुमा भूवनचन्द भट्ट, मनिषकुमार खेम्का र बिएलसी होल्डिङ्सबाट प्रतिनिधित्व गर्दै गजेन्द्र श्रेष्ठ चयन भएका छन् । 
स्वतन्त्र संचालकको रुपमा हरिहर शर्मा र नारायण बजाज चयन भएका छन् भने कम्पनी सचिवमा सलुजा श्रेष्ठ नियुक्त भएकी छिन् । 

संचालक समितिमा आमन्त्रितको रुपमा ५ जना नियुक्त गरिएको कम्पनी सचिव श्रेष्ठले जानकारी दिइन् । 

उनकाअनुसार नर्भिकको संचालक समितिमा संरक्षक तथा रणनीतिक सल्लाहकारको रुपमा बसन्तकुमार चौधरी रहेका छन् भने सल्लाहकारहरुमा डा. मधु घिमिरे, डा. पंकज जलान, एम.डी. अग्रवाल रहेका छन् । संचालक समितिमा आमन्त्रितको रुपमा नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र समेत रहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको