Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय सहकारी बैंकको नाफामा ४८ प्रतिशतको वृद्धि, व्यवसाय विस्तारमा छलाङ

अर्थ संसार

शुक्रबार, ०८ साउन २०७८, १९ : ३६ मा प्रकाशित

राष्ट्रिय सहकारी बैंकको नाफामा ४८ प्रतिशतको वृद्धि, व्यवसाय विस्तारमा छलाङ

राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ मा ४१ प्रतिशतले वासलात वृद्धि गरेको छ । बैंकले आज गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गर्दै ७१ अर्ब ६८ करोडको वासलातको आकार कायम भएको जनाएको हो । 

यस अवधिमा बैंकको शेयर पूँजी २ अर्ब ८७ करोड रहेको छ भने जगेडा तथा कोषहरुमा ४६ प्रतिशतको वृद्धिदर सहित १ अर्ब ५२ करोड सञ्चित रहेको छ । कोभिड १९ को असहज परिस्थितिमा समेत बैंकको निक्षेपमा ४२ प्रतिशतको वृद्धिदर सहित ६६ अर्ब ३४ करोड, कर्जामा ३२ प्रतिशत वृद्धिदर सहित ३५ अर्ब ९१ करोड पुगेको छ ।

बैंकले कर पश्चातको खुद नाफामा ४८ प्रतिशतको वृद्धिदर हासील गर्दै १ अर्ब ६६ लाख कमाएको छ । यस संगै बैंक एक अर्ब भन्दा माथी नाफा आर्जन गर्ने वित्तिय संस्थाहरुको क्लबमा समेत समावेश भएको छ । बैंकले यस आर्थिक वर्षमा मात्र रु १ अर्ब ७४ करोड खुद ब्याज आम्दानी गरेको छ र यो गत आर्थिक वर्षको भन्दा ५८℅ ले बढी रहेको छ । 

पछिल्ला वर्षहरुमा बैंकको शाखा बिस्तार, व्यवसाय तथा वित्तिय आकारमा व्यापक वृद्धि देखिएको छ । पछिल्लो तिन वर्षको वित्तिय विवरण विश्लेषण गर्दा बैंकको वासलातमा २२७ प्रतिशत, शेयर पूँजीमा १७६ प्रतिशत, कर्जा लगानीमा १९० प्रतिशत, निक्षेप संकलनमा २३२ प्रतिशत र नाफामा २१० प्रतिशतको वृद्धिदर देखिएको छ । सहकारी क्षेत्रमा सबैभन्दा ठुलो वित्तिय परिचालन गर्ने बैंकको वित्तिय अवस्था "क" वर्गका केहि वाणिज्य बैंकहरु भन्दा समेत ठुलो र सुदृढ देखीएको छ ।  

बैंकमा हाल देशभरिका ७७ जिल्लाका सबै प्रकृतिका सहकारी संघ÷संस्थाहरु गरी करिब १४ हजार सदस्यहरु रहेका छन । बैंकले ७ वटै प्रदेशमा ६८ वटा शाखा कार्यालय मार्फत आफ्ना सदस्यहरुलाई सेवा दिई रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको