Like us!
Follow us!
Connect us!
Watch us!

साताको सेयर बजार : कारोबार रकम र परिसूचक दुवैमा बढोत्तरी

अर्थ संसार

शनिबार, ०९ साउन २०७८, ०९ : ०२ मा प्रकाशित

साताको सेयर बजार : कारोबार रकम र परिसूचक दुवैमा बढोत्तरी

नयाँ आर्थिक वर्ष २०७८/७९ लाई हरियाली सेयर बजारले स्वागत गरेको छ । यस साता सेयर बजारले उकालो यात्रा तय गरेको हो । १ दिन सार्वजनिक यस साता सेयर बजार ४ दिन मात्र संचालन भएको थियो । यस साता सेयर बजार १२०.९३ अंकले बढेर ३ हजार ४.३१ विन्दुमा पुगेको छ । ४ कारोबार दिनमा एक दिनमात्र बजार घटेको छ भने बाँकी तीन दिन बढेको छ । 

यस आर्थिक वर्षको पहिलो दिन अर्थात् यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरियाली छाएको थियो । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ९७.२१ अंकले बढेर २९८०.६१ को बिन्दुमा पुगेको थियो । त्यसैगरी, दोस्रो कारोबार दिन सोमबार १३.९७ अंकले बढेर २९९४.५८ मा पुगेकाे थियो  । त्यस्तै, तेस्रो दिन भने सेयर बजारमा सामान्य करेक्सन देखिएको थियो मंगलबार सेयर बजार ९.०१ अंकले घटेको थियो । चौथों दिन सार्वजनिक बिदाका कारण सेयर बजार बन्द थियो, भने पाचौं सेयर बजार मापक नेप्से परिसूचक १८.७५ अंकले बढेको थियो ।

 

यस साता नेप्से परिसूचक १८.७५ अंकले बढेर ३००४.३१ विन्दुमा पुगी रोकिएको छ । त्यस्तै, यस साता सेन्सेटिभ परिसूचक पनि ४.०६ अंकले बढेर ५६२.२४ विन्दुमा रोकिएको छ । 

यो साता बजार सकारात्मक देखिएको छ । गत साताको तुलनामा यस साता कारोबार रकम पनि बढेको छ । यस साता थोरैमा ७ अर्ब ५३ करोड र धेरैमा ११ अर्ब ४५ करोडको कारोबार भयाे । 

यस साताको पहिलो दिन आइतबार ११ अर्ब ४५ करोड ३८ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भयो । त्यसैगरी क्रमशः सोमबार ११ अर्ब ११ करोड ६२ लाख ८९ हजार, मंगलबार ७ अर्ब ५३ करोड २१ लाख, र बिहिबार १० अर्ब ४१ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ । 

यो साता कुल बजार पूँजीकरण १ खर्ब ६८ अर्ब २१ करोड ६० लाख ९२ हजार रुपैयाँले वृद्धि भएको छ । गत साता यो रकम १० खर्ब १० अर्ब ९५ करोड ७० लाख ८१ हजार रुपैयाँमा सिमित रहेको बजार पूँजीकरण यस साता ४१ खर्ब ७९ अर्ब १७ करोड ४० लाख ७३ हजार पुगेको छ । 

यो साता सबैभन्दा बढी बैंकिङ समूहले कमाएका छन् भने लगानी समूहले सर्वाधिक गुमाएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको