Like us!
Follow us!
Connect us!
Watch us!

युनाईटेड इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा, के-के छन् एजेन्डा ?

अर्थ संसार

आइतबार, १० साउन २०७८, १० : २६ मा प्रकाशित

युनाईटेड इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा, के-के छन् एजेन्डा ?

युनाईटेड इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा आह्वान गरेको छ  । कम्पनीको संचालक  समितिको साउन ५ गते बसेको बैठकले गरेको निर्णयानुसार कम्पनीको २७ औं वार्षिक साधारण सभा साउन ३१ गते बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ ।

कम्पनीको साधारणसभामा सहभागि हुन इच्छुक सेयरधनीहरुलाई सभाको मिटिङ आईडी र पासवार्ड कम्पनीको वेबसाईट मार्फत उपलब्ध गराईने कम्पनीले जनाएको छ ।

सभाले वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन उपर छलफल गरि पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ । 

कम्पनीले साधारणसभा प्रयोजनका लागि साउन २० गते गतेका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले साउन १९ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

60fceda8dd25d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको