Like us!
Follow us!
Connect us!
Watch us!

मञ्जुश्री फाइनान्सले संस्थापक सेयर लिलामीमा ल्याउँदै, कहाँबाट दिने आवेदन ?

अर्थ संसार

आइतबार, १० साउन २०७८, १० : ४५ मा प्रकाशित

मञ्जुश्री फाइनान्सले संस्थापक सेयर लिलामीमा ल्याउँदै, कहाँबाट दिने आवेदन ?

मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले साउन १४ गते, बिहीबारबाट संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूहको १२ हजार ५ सय ८७ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेकाे हाे । 

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले साउन १४ गते, बिहीबारबाट भदाै ८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

प्रतिकित्ता मूल्य कति ?

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर ३ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुले एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडाैँमा आईपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60fcf167a8b1f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको