मेरो एकजना मित्र नविनले मलाई फोन गरेर जिज्ञासा राखेको थियो, “नेपालको पूँजीबजार विश्वमा कुन स्थानमा छ ?” निश्चय नै यो प्रश्नले नेपालको स्तर र पोजिसनको अवस्था जानकारी लिन खोजे जस्तो देखिन्थ्यो ।
मेरो उत्तर थियो, “त्यो विषय कुनै पनि देशको कुल ग्राहस्थ उत्पादन र कुल वजार पूँजीकरणको अनुपातलाई लिएर पोजिसनको रुपमा निर्धारण गर्न सकिन्छ । कुल वजार पूँजीकरण मात्र आफैमा स्तर निर्धारण गर्ने औजार होईन ।”
प्रश्नले फेरी अर्को रुप लियो । “विश्वभरको अभ्यासमा हाम्रो वजारको अवस्था के छ र कसरी तुलना गर्न सकिन्छ ?” मेरो उत्तर थियो, “धेरै फरक छ ।
वजारको आकार, वजार उपकरणहरुको प्रयोग, नविनतम प्रविधिको प्रयोग, वजारमा समेटिएका क्षेत्रहरु र पूजीको अवधारणा लगायत सवै पक्षमा हाम्रो अभ्यास औसत मापनको अंकगणितिय आधार वा व्यवहारीक अनुभव भन्दा न्युन रहेको छ ।”
नेपालको सन्दर्भमा भरखरै सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०७४ ले कुल ग्राहस्थ उत्पादन र वजार पूजीकरणको अनुपात चालु वर्षको पहिलो ८ महिनाको तथ्यांकमा ५९ रहेको देखाएको छ । नेपालमा नेप्से सुचक उच्च रहेको वर्षलाई आधारको रुपमा लिंदा समेत कुल ग्राहस्थ उत्पादन र वजार पूजीकरणको अनुपात ८४ प्रतिसत सम्म पुगेको थियो ।
त्यसैगरी अन्य वर्षको अवस्थामा भने कुल ग्राहस्थ उत्पादन र वजार पूजीकरणको अनुपात ५० प्रतिसत हाराहारी रहेको पाईन्छ । तर विश्व वैंकको तथ्यांकमा सन् २०१५ लाई आधार मान्ने हो भने औसत विश्वभरको कुल ग्राहस्थ उत्पादन र वजार पूजीकरणको अनुपात ९७ प्रतिसत रहेको पाईएको छ । यस अर्थमा नेपालको वजार पूजीकरण र पूजीवजारको आकार औसत विश्वभरकोे तुलनामा धेरै न्युन रहेको देखिन्छ ।
त्यसैगरी भारतमा सन् २००७ मा त्यहाँको वजार उच्च विन्दुमा पुग्दा कुल ग्राहस्थ उत्पादन र वजार पूजीकरणको अनुपात १५१ प्रतिसत सम्म पुगेको देखिन्छ । सन् २०१५ मा भने भारतको कुल ग्राहस्थ उत्पादन र वजार पूजीकरणको अनुपात ७३ प्रतिसत रहेको थियो ।
यो संगै नेपालको पूजि वजारको विकास क्रम पनि विश्व बजारको तुलनामा यो धेरै नै संकुचित छ । तसर्थ विश्व पूजीवजारको विकास क्रम र अभ्यासलाई नुमुनाको रुपमा नेपालले ग्रहण गर्नु उपयुक्त हुन्छ ।
नेपालको तुलनामा छिमेकि मुलुक भारतको पुजीबजार दिगो, सम्पन्न, व्यापक आकार र अर्थतन्त्रको समष्टिगत उपमा दिने स्तरको छ । भारतको पूजीबजार विश्वका १० ठुला बजार मध्येको एक हो ।
भारतमासेक्युरिटि एक्सचेन्ज वोर्ड आफ ईण्डिया (सेवि) ले धितोपत्र नियामकको रुपमा काम गरीरहेको छ त्यसको कार्यक्षेत्र व्यापक र गतिशिल छ । मुम्वई केन्द्रिय कार्यालय सहित नया दिल्ली, कोलकाता, चेन्नाई र अहमदावादमा क्षेत्रिय कार्यालयहरु र स्थानमा समेत सेवा केन्द्र स्थापना गरी आफ्ना कार्यहरु गरीरहेको छ ।
भारतमासेविको कार्याधिकार भने नेपालको धितोपत्र वोर्डको तुलनामा व्यापक देखिन्छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सवैको (अर्धअधिकार ¬क्वासि राईट) धितोपत्र वोर्डलाई दिईएको मान्यता राखिन्छ । अर्थात धितोपत्रको विषयमा कानुनको मस्यौदा, पैरवि र न्यायिक वहस गर्ने अधिकार समेत धितोपत्र वोर्डले प्राप्त गरेको छ ।
भारतको मुम्वई स्टक एक्सचेन्ज (विएस्ई) बजार पूजिकरणको आधारमा विश्वका ठुला बजार मध्येमा प्रतिष्ठित समेत मानिन्छ । विएस्ई अन्त
र्गत करिव ५५०० भन्दा वढि कम्पनिहरु सुचिकृत छन् भने ३ करोड दर्तावाल लगानीकर्ताहरु छन् । करिव १४० वर्ष पुरानो ईतिहास वनाइसकेको यो एक्सचेन्ज एसियाको पुरानो मध्ये एक मानिन्छ । विएस्ईको कारोवार राफसाफका लागि सेन्टरल डिपोजिटरी सर्भिस लिमिटेड र ईण्डियन क्लियरिड. लिमिटेडले काम गर्दै आएको छ ।
विएस्ई अन्र्तराष्टिष्य स्तरको एकेडेमिका रुपमा समेत विकसित भएको छ । उपकरणको रुपमा विएस्इले मुद्राको सट्टेवाजि, अप्सन र फ्युचर, अन्तराष्टिय स्तरको वण्ड, धितोपत्रको अप्सन र फ्युचर, एक्सचेज्ज आफर, म्युचल फण्ड, ईण्डेक्स अप्सन र फ्युचर्स र विनिमयको हस्तान्तरण लगायतको कारोवार समेत गरेको पाईन्छ ।
त्यसैगरी विएस्इको कारोवार दरलाई एशियाकै उच्च गति अर्थात प्रति कारोवार समय २०० माईक्रो सेकेण्ड वरावर भएको मानिन्छ ।
भारतिय सन्दर्भमा नेसनल स्टक एक्सचेन्ज मुम्वईमा नै कर्पोरेट कार्यालय रहेको अर्को स्टक एक्सचेनज हो । अन्तर्गत करिव १५०० भन्दा वढि कम्पनिहरु यस अन्तगर्त सुचिकृत छन् । नेसनल स्टक एक्सचेन्जले खास गरी तिन प्रकारका सेवा तथा वस्तु विनिमय र सुचिकृतको व्यवस्था गरको पाईन्छ ।
तिनिहरुमा शेयर तथा म्युचल फण्ड विनिमय, वस्तु बजार विनिमय र व्यापार विनिमय कोषहरु हुन् । नेसनल स्टक एक्सचेन्जका शेयर राफसाफ नेसनल सेक्य’रिटीज डिपोजिटरीवाट हुने गरेको छ । सन् १९९८ वाट नै कम्पनिले शेयरको अभौतिकिकरण गर्न शुरु गरेको थियो ।
यसका अतिरिक्त नेसनल स्टक एक्सचेन्जको शेयर राफसाफका लागि नेसनल सेक्य’रिटी क्लियरिड. कर्पोरेसन, वस्तु बजार विनिमयको राफसाफका लागि नेसनल कमोडिटि क्लियरिड., डाटा सिस्टम व्यवस्थापनका लागि डटेक्स ईन्टरनेसनल, शेयरको व्राडिड. र अन्तराष्ट्रिय सञ्जाल सहजिकरणका लागि ईण्डिया इन्डेक्स सर्भिस लि., समस्या तथा जोखिम व्यवस्थापनका लागि एनएसि आई टि लिमिटेड लगायतका कम्पनिहरु समेत स्थापना भएका छन् ।
भारतिय वजारको आकार यतिमा मात्र सिमित छैन । भारतभर कुल अन्य १९ ओटा स्टक एक्सचेन्ज समेत रहेका छन् ।
प्राय विश्वभरका वजारहरु अव पुर्णत प्रविधिमा निर्भर भैसकेको छन् ।भारतमा पनि बजारमा लगानीकर्ताको लागि अनिवार्य डिम्याट खाता चाहिन्छ । डिम्याट खातासंगै लगानीकर्ताले अनलाईन ट्रेडिड.को समेत सुविधा लिन सक्छन् ।
त्यसैगरी संस्थागत लगानीकर्ता र म्युचल फण्ड व्यवस्थापकहरुले भने प्रत्यक्ष बजारको सम्वन्ध (डाईरेक्ट एसेस) प्राप्त गरेकाछन्, यो सुविधा भनेको बजारको पहँचका लागि करिव करिव व्रोकरको हैसियतसंग मिल्दोजुल्दो नै रहन्छ ।
नेपाली लगानीकर्ताको पनि आजको अवस्थामा अर्को अपेक्षा भनेको प्रत्यक्ष बजारको सम्वन्ध हो जहा लगानीकर्ताले आफ्ना उपकरणहरु आफै विक्री र खरिद आदेश जारी गर्न सक्छन् ।
भारतीय बजारको अर्को रोचक पक्ष भनेको कम्पनिहरु र उनिहरुको उपकरणको वजारमा उपस्थिति नै हो । वजारको परिपक्वताका लागि पनि धेरै विकल्प लगानीकर्ताहरुकाका लागि हुनुपर्दछ ।
भारतिय वजारमा औधोगिक संस्थाहरुका उपकरणहरुको संख्या उल्लेखनिय छन् र उपकरणहरुको उल्लेखनिय उपस्थिति वजार विकासका लागि महत्वपुर्ण मानिन्छ । प्रमुख सुचिकृत कम्पनिहरुमा वैंक तथा वित्तिय संस्था (१९ प्रतिसत), कम्प्युटर र सफ्टवेयर (१३ प्रतिसत), रिफाईनरी उद्योग (१२ प्रतिसत), ईन्जिनियरीड. (६ प्रतिसत) सहित अगाडि देखिन्छन् ।
त्यसैगरि समुहको रुपमा सुचिकृत अन्य उद्योगहरु भने स्टिल उद्योग, उर्जा, सञ्चार, मेटल उद्योग, अटोमोवाईल, तेल उद्योगहरु लगायतका अन्य रहेका छन् । तर हाल शेयरको कारोवार भन्दा मुद्रा, वण्ड, एक्सचेज्ज आफर, म्युचल फण्ड, ईण्डेक्स र विनिमयको हस्तान्तरण समेत कारोवार उच्चस्तरमा हुने भएकाले लगानीकर्ताहरुको पोर्टफोलियो र बजारको प्रकारले विविधिकरण पाएकोछ ।
तर नेपालको वजारको भने समग्रमा वित्तिय संस्था वाहेकको कारोवार नै न्युन रहने अवस्था छ । वजार विकासका लागि आवश्यक तत्व भनेको वजारको दिर्घकालिन विकासका लागि धरै भन्दा धेरै कम्पनि तथा उपकरणहरुलाई वजारमा प्रवेश दिलाउनु हो । तसर्थ नेपालको पूजिवजारमा पनि औधोगिक संस्थाहरुका उपकरणहरुको संख्या वृद्धि गराउनका लागि पहल गर्नु पनि नितान्त आवश्यक हुन्छ ।
भारतीय बजारले फराकिलो आधार प्राप्त गरिसकेकाले तिनिहरुको बजारको सञ्चालनका केहि पक्षहरु हामिलाई अनौठो पनि लाग्न सक्छ । शेयर बजारको सर्किट व्रेकरलाई १०, १५ र २० प्रतिशतको दायरामा प्रयोग गर्ने गरिएको छ ।
तर रोचक पक्ष मुम्वई स्टक वा नेशनल स्टक पहिले जसमा सर्किटको अवरोध आउछ तत्काल दुवैमा सर्किट प्रयोग गरिन्छ । एउटै कम्पनि दुवैमा सुचिकृत हुन सक्ने र शेयरको मुल्य पनि प्राय समान रुपले दूवैमा उतारचढावको श्रृखला देखिने गरेकोछ ।
स्थानिय स्तरमा समेत विनिमयको प्रचलन र बजारको व्यवस्था गरीएको छ । मुम्वई स्टक वा नेशनल स्टकमा सुचिकृत नभएका स्थानिय कम्पनिले चाहेमा अनुकुल योग्य स्थानिय स्तरको स्टकमा सुचिकृत हुन सक्ने प्रावधानको व्यवस्था गरिएको छ ।
कोलकाता स्टक, गुवाहटि स्टक, दिल्ली स्टक, जयपुर स्टक लगायतका कम्पनिहरुले स्थानिय स्तरको बजारको सुविधा उपलव्ध गराईरहेका छन् । स्थानिय स्तरको वजार पुजिकरण मुलुकको पुजि स्थायित्वका लागि आधारका रुपमा रहन्छ ।
तर नेपालको सन्दर्भमा काठमाण्डौं वाहिरका लगानीकर्ताको लगानी योग्य रकम परीचालनका लागि अहिले पनि सर्घषरत छ ।
भारतीय बजारमा वेदेशिक लगानीलाई पनि खुला गरिएको छ, तर यो संस्थागत रुपले मात्र सम्भंव छ । कम्पनि मार्फत प्रतक्ष्य वैदेशिक लगानी वा वैदेशिक पोर्टफोलियो लगानी दुई विकल्प प्रयोग गर्न सकिने व्यवस्था छ ।
त्यस्ता कम्पनिहरुले आफ्नो नेटवर्थ ५ करोड अमेरिकी डलरको प्रत्याभुति दिलाउनुपर्ने हुन्छ । तर व्यक्तिगत लगानीकर्ताहरु पनि संस्थागत रुपमा संगठित भएर प्रतक्ष्य वैदेशिक लगानी वा वैदेशिक पोर्टफोलियोको विकल्पमा लगानी गर्ने वातावरणमा भने बजारका संयन्त्रहरुले सहजिकरण गरिरहेको पाईन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस