Like us!
Follow us!
Connect us!
Watch us!

दिनहुँ बढ्दै काेराेना संक्रमित, थप ३८९९ जनामा काेराेना संक्रमण पुष्टि

अर्थ संसार

मंगलबार, १२ साउन २०७८, १७ : ०० मा प्रकाशित

दिनहुँ बढ्दै काेराेना संक्रमित, थप ३८९९ जनामा काेराेना संक्रमण पुष्टि

नेपालमा काेराेना संक्रमितकाे संख्या दिनहुँ बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा मात्रै थप ३ हजार ८ सय ९९ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । हिजाे साेमबार ३ हजार ४ सय २१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको थियाे ।

मन्त्रालयका अनुसार १७ हजार ५ सय १८ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट २ हजार ७ सय २६ जनामा र एन्टिजेन विधिबाट एक हजार एक सय ७३ जनामा गरि कूल ३ हजार ८ सय ९९ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, बितेको २४ घण्टामा २० जना संक्रमितको मृत्यू भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ७ सय ७८ जना निकाे भएर घर फर्किएका छन् ।

No photo description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको