Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको ३० लाख कित्ता ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो

अर्थ संसार

बुधबार, १३ साउन २०७८, ०८ : ३९ मा प्रकाशित

नबिल बैंकको ३० लाख कित्ता ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो

नबिल बैंक लिमिटेडले साउन १० गते आईतबार बाट निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्रमा आवेदन दिने समय थप गरिएको  छ ।

साउन १० गतेबाट निष्कासन गरिने उक्त ऋणपत्रमा छिटोमा साउन १३ गते र ढिलोमा साउन २४ गतेसम्मसम्म आवेदन दिन सकिने व्यवस्था बमोजिम छिटोमा साउन १३ गतेसम्ममा माग बमोजिमको आवेदन नपरेपछि साउन २४ गतेसम्मका लागि आवेदन दिने मिति लम्ब्याइएको हो ।

३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। यसैगरी, सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत  सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । 

बैंकले ७ वर्ष अवधिको  ८ प्रतिशत ब्याजदर रहेको  "८%  नबिल डिबेन्चर २०८५" नाममा ऋणपत्र निष्कासन गरेको हो । बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटल लिमिटेडले गरेको छ ।

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पुर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले हिमालयन क्यापिटल लिमिटेड, नबिल बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको