Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इक्विटी फण्डको न्याभ घट्याे, सेयर लगानी कति ?

अर्थ संसार

बुधबार, १३ साउन २०७८, १३ : ३० मा प्रकाशित

सिद्धार्थ इक्विटी फण्डको न्याभ घट्याे, सेयर लगानी कति ?

सिद्धार्थ म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्डले २०७८ साल असार मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

असार मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १७ रुपैयाँ ३५ पैसामा सीमित भएको छ । उक्त मूल्य जेठ मसान्तकाे तुलनामा ५५ पैसाले घटेकाे हाे । जेठ मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १७ रुपैयाँ ९० पैसा रहेकाे थियो ।

त्यसैगरी, असार मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी २ अर्ब ३ करोड ८९ लाख ५१ हजार रुपैयाँमा सीमित भएकाे छ । उक्त लगानी जेठ मसान्तकाे तुलनामा १२ करोड ३३ लाख ५७ हजार रुपैयाँले धेरै हाे । जेठ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा २ अर्ब १६ करोड २३ लाख ८ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, सिद्धार्थ इक्विटी फण्डले विभिन्न प्रकारका ५९ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा लगानी गरेको छ । 

यस अवधिसम्म फण्डकाे बैंक मौज्दात ३६ करोड ७१ लाख ७५ हजार रुपैयाँ पुगेकाे छ । जेठ मसान्तसम्मकाे तुलनामा बढेकाे हाे । जेठ मसान्तसम्ममा फण्डकाे बैंक मौज्दातमा २५ करोड २२ लाख ६४ हजार रूपैयाँ रहेकाे थियाे ।

फण्डले प्रकाशन गरेकाे असार मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

61010d327d879.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको