Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इक्विटी फण्डको न्याभ घट्याे, बैंक मौज्दात बढ्याे

अर्थ संसार

आइतबार, १४ जेठ २०८०, १४ : ३४ मा प्रकाशित

सिद्धार्थ इक्विटी फण्डको न्याभ घट्याे, बैंक मौज्दात बढ्याे

सिद्धार्थ म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्डले २०८० साल वैशाख मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

वैशाख मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) ९ रुपैयाँ ३७ पैसामा सीमित भएको छ । उक्त मूल्य चैत्र मसान्तकाे तुलनामा ३९ पैसाले घटेकाे हाे । चैत्र मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य ९ रुपैयाँ ७६ पैसा रहेकाे थियो ।

त्यसैगरी, वैशाख मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी एक अर्ब ३ करोड ५० लाख २७ हजार रुपैयाँमा सीमित भएकाे छ । उक्त लगानी चैत्र मसान्तकाे तुलनामा घटेकाे हाे । चैत्र मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा एक अर्ब ११ करोड १२ लाख ७२ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, सिद्धार्थ इक्विटी फण्डले विभिन्न प्रकारका ८३ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । 

यस अवधिसम्म फण्डकाे बैंक मौज्दात १३ करोड ३२ लाख १३ हजार रुपैयाँ पुगेकाे छ । चैत्र मसान्तसम्मकाे तुलनामा बढेकाे हाे । चैत्र मसान्तसम्ममा फण्डकाे बैंक मौज्दातमा १२ करोड ६ लाख ८३ हजार रूपैयाँ रहेकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको