Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इक्विटी फन्डले पठायाे लाभांश, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

अर्थ संसार

आइतबार, १३ भदौ २०७८, ०७ : ३० मा प्रकाशित

सिद्धार्थ इक्विटी फन्डले पठायाे लाभांश, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्डले भदाै ९ गते, बुधबारबाट आफ्ना इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गरेकाे छ ।

फण्डले नगद लाभांश वितरण गर्नको लागि साउन ३२ गते एक दिनका लागि बुक क्लोज गरेको थियाे ।  त्यसैले साउन ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र याे लाभांश प्राप्त गर्नेछन् । 

सिद्धार्थ इक्विटी फण्डले गत आर्थिक वर्षको नाफाबाट आफ्ना इकाईधनीहरूलाई करसहित ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेकाे थियाे

फण्डले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखी हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेकाे छ । त्यस्तै, फण्डको इकाई धितो राखेका इकाईधनीहरुलाई भने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरेपश्चात मात्र लाभांश वितरण गरिनेछ ।

फण्डकाे योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

फण्डले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

612ae6f6c903a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको