Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इक्विटी फण्डको न्याभ घट्याे, सेयर लगानी कति ?

अर्थ संसार

शुक्रबार, १२ फागुन २०७९, १२ : २४ मा प्रकाशित

सिद्धार्थ इक्विटी फण्डको न्याभ घट्याे, सेयर लगानी कति ?

सिद्धार्थ म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्डले २०७८ साल माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

माघ मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १० रुपैयाँ ४९ पैसामा सीमित भएको छ । उक्त मूल्य पाैष मसान्तकाे तुलनामा २० पैसाले घटेकाे हाे । पाैष मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १० रुपैयाँ ६९ पैसा रहेकाे थियो ।

त्यसैगरी, माघ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी १ अर्ब २२ करोड ७२ लाख २९ हजार रुपैयाँमा सीमित भएकाे छ । उक्त लगानी पाैष मसान्तकाे तुलनामा घटेकाे हाे । पाैष मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा १ अर्ब २९ करोड ४ लाख ८५ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, सिद्धार्थ इक्विटी फण्डले विभिन्न प्रकारका ७७ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । 

यस अवधिसम्म फण्डकाे बैंक मौज्दात ११ करोड १६ लाख ९८ हजार रुपैयाँ पुगेकाे छ । पाैष मसान्तसम्मकाे तुलनामा बढेकाे हाे । पाैष मसान्तसम्ममा फण्डकाे बैंक मौज्दातमा ४ करोड ९६ लाख ७१ हजार रूपैयाँ रहेकाे थियाे ।

फण्डले प्रकाशन गरेकाे माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

63f85da988bab.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको