सिद्धार्थ म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्डले २०८० साल साउन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।
साउन मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १० रुपैयाँ ३४ पैसामा सीमित भएको छ । उक्त मूल्य असार मसान्तकाे तुलनामा १९ पैसाले घटेकाे हाे । असार मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १० रुपैयाँ ५३ पैसा रहेकाे थियो ।
त्यसैगरी, साउन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी एक अर्ब १७ करोड २१ लाख ४ हजार रुपैयाँमा सीमित भएकाे छ । उक्त लगानी असार मसान्तकाे तुलनामा घटेकाे हाे । असार मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा एक अर्ब १७ करोड ४८ लाख १२ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।
त्यस्तै, सिद्धार्थ इक्विटी फण्डले विभिन्न प्रकारका ८० वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।
यस अवधिसम्म फण्डकाे बैंक मौज्दात १६ करोड ३५ लाख ३१ हजार रुपैयाँ पुगेकाे छ । असार मसान्तसम्मकाे तुलनामा घटेकाे हाे । असार मसान्तसम्ममा फण्डकाे बैंक मौज्दातमा १९ करोड ५५ लाख ९२ हजार रूपैयाँ रहेकाे थियाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस