मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले आज साउन १४ गते, बिहीबारबाट संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ । कम्पनीले संस्थापक समूहको १२ हजार ५ सय ८७ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे ।
कहिलेसम्म दिने आवेदन ?
लगानीकर्ताले आज साउन १४ गते, बिहीबारबाट भदाै ८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
प्रतिकित्ता मूल्य कति ?
उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर ३ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
कति दिने आवेदन ?
लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् ।
काे हाे बिक्री प्रबन्धक ?
कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताहरुले एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडाैँमा आईपुग्ने गरी आवेदन दिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस