Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तको आईपीओसहित नेप्सेमा ३ कम्पनीको सेयर थपियो

अर्थ संसार

शनिबार, १६ साउन २०७८, ०७ : ५४ मा प्रकाशित

जीवन विकास लघुवित्तको आईपीओसहित नेप्सेमा ३ कम्पनीको सेयर थपियो

यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ कम्पनीको सेयर सूचिकृत भएको छ । जसमध्ये एक कम्पनीको आईपीओ र २ कम्पनीको बोनस सेयर सूचिकृत भएको हो । नेप्सेका अनुसार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ, आईएमई जनरल इन्स्योरेन्स कम्पनी र सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।

आईएमई जनरल इन्स्योरेन्स कम्पनी 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको ७ प्रतिशत बोनस वापतको ७ लाख ५७ हजार ५ सय कित्ता सेयर सूचिकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद (कर प्रयोजनार्थ) गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

उक्त प्रस्तावित लाभांश कम्पनीको वैशाख १२ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित भइसकेको छ । 

नेपाल हाइड्राे डेभलपर्स लिमिटेड

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार नेपाल हाइड्राे डेभलपर्स लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको छ ।

कम्पनीको १५ प्रतिशत बाेनस बापतकाे ३ लाख ९० हजार कित्ता सेयर सूचिकृत भएको हाे । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचीकृत भएकाे छ ।

कम्पनीकाे ६० लाख ८४ हजार एक सय कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि JBLB सिम्बाेल पाएकाे छ । अब भाेलि बिहीबारबाट काराेबार सुरू हुनेछ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

संस्थाको आईपीओमा परेको आवेदनमध्ये २० लाख १८ हजार ३ सय ८ जना मात्र योग्य आवेदक रहेका थिए । गोलाप्रथाबाट गरिएको बाँडफाँडमा बढीमा ११ कित्ता र थाेरैमा १० कित्ता बाँडफाँड गरिएकाे थियाे । आईपिओ वितरण गर्दा १ लाख ८४ हजार ८ सय १ जना आवेदकले १० कित्ताका दरले सेयर र १० कित्ता भन्दा धेरै आवेदन दिने ५ जनाले भने ११ कित्ताका दरले सेयर पाएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको